Close This

डिजेल, पेट्रोलको मूल्य घट्यो

सोमबार मङ्सिर १७, २०७५/ Monday 12-03-18
Paschim Today

काठमाण्डौं, १७ मंसिर । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २÷२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । 
भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।