Close This

कन्चनपुरकी दुर्गा म्यूजिक भिडियोमा जम्दै

मंगलबार मङ्सिर १८, २०७५/ Tuesday 12-04-18
Paschim Today

हाइटी छिन, मदहोस लुक्स र जीवन्त अभिनय पस्कने खुबी छ उनमा । त्यसैले अहिले उनको व्यवस्तता ह्वात्तै बढेको छ । उनी हुन कन्चनपुरको कृष्णपुरकी–५ रैकुवार बिचवाकी २२ वर्षीया दुर्गा भट्ट ।

कन्चन माबि शान्तिपुर र शरस्वती उच्च माबिबाट उच्च शिक्षा हासिल गरी अहिले म्यूजिक भिडियोमा ब्यस्त रहेकि छिन । 


बाल्यकाल देखि नै नृत्यमा मोह जगाएकी दुर्गाले काठमाण्डौमा रहेको काठमाण्डौ कला केन्द्र र कैलालीको अत्तरीयामा रहेको रबिन कला केन्द्रबाट नृत्य प्रशिक्षण लिएकी हुन ।


उहिले सम्म दुर्गाले करीव ५ दर्जन भन्दा बढी गितमा अभिनय गरी सकेकि छन भने १ दर्जन जितमा आवाज समेत दीएकी छिन ।
गायक मौषम गुरुङकोको ‘छोडी जाने निटुरी बोलको गीतमा अभिनय गरेर म्यूजिक भिडियोमा ‘डेब्यु’ गरेकी भट्टले सपना शाहिको ‘धान कुटेर चामल गहु पिसेर पिठो हुँदै ५ दर्जन म्यूजिक भिडियोमा जीवन्त अभिनय पस्कि सकेकी छिन ।उनले म्यूजिक भिडियोमा मात्र आफूलाई उभ्याइनन मोफसलबाट निरन्तर निर्माण हुँदै आएको १ दर्जन बढी लोक दोहरी तथा डेउडा गित समेतमा आवाज दीएकी छन ।