Close This

‘वन श्रमिकहरु अधिकारबाट बञ्चित’ – कांग्रेस सभापती मनु

बुधबार मङ्सिर १९, २०७५/ Wednesday 12-05-18
Paschim Today

धनगढी, १९ मंसिर । 

नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले वन श्रमिकहरु अधिकारबाट बञ्चित रहेको बताएका छन् ।
वन वातावरण श्रमिक संघ कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापती शाहले वन श्रमिकहरु अधिकार प्राप्तीका लागि संगठित हुनुपर्ने पनि बताए । वन तस्कर, वन माफियाहरुको शोषण र मारमा वन श्रमिकहरु रहेका छन्’, सभापती शाहले भन्े । वास्तविक वन श्रमिकहरु भन्दा सामुदायिक वन उपभोक्ता महासंघ भित्र कमाउन र राजनीति गर्न खोज्नेहरुको प्रवेशले समस्या सिर्जना भएको उनले बताए । ‘अहिले पनि सामुदायिक वन भित्र घुसेर प्रदेश र प्रतिनिधि सभामा पुगेकाहरु धेरै छन सभापती शाहले भने–‘तिनीहरुले कहिल्यै वन श्रमिकको बारेमा काम गरेनन् ।’
उनले वन वातावरण श्रमिकहरुको संजाल सशक्त बनाउनुपर्ने र अधिकार प्राप्तीका लागि जुट्नुपर्ने सुझाव दिए । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जिल्लामा रहेका वन श्रमिकहरुको भावना अनुसार नेतृत्व चयन गर्न आग्रह गरे । नेतृत्वमा बस्नका लागि दावी गर्ने तर पार्टीलाई सहयोग कहिल्यै नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न म आग्रह गर्दछु नगरप्रमुख वडले भने–यही प्रवृत्तिले नेपाली कांग्रेसमा समस्या भएको छ । तपाईहरु नगर्नु होला ।’ नगरप्रमुख वडले कम्युनिष्टहरु अहिले सामुदायिक वन उपभोक्ता महासंघका नाममा वन श्रमिकमाथि शोषण गर्न लागेको आरोप समेत लगाए ।
वन वातावरण श्रमिक संघका केन्द्रीय सदस्य तुलसी देवकोटाले कम्युनिष्टहरु वनमाथि कब्जा गर्ने योजनामा लागेकाले उनीहरु कहिल्यै श्रमिकको पक्षमा नहुने बताइन । उनले भनिन्, जिल्लामा कम्युनिष्टहरुले नेतृत्व गरेका सामुदायिक वनमा भ्रष्टाचार ब्याप्त छ । यसको पनि श्रमिकहरुले भण्डाफोर गर्नु पर्छ ।’