विद्युतीय सामाग्री मोवाईलबाट खुल्ला र बन्द गर्न प्रविधिको प्रदर्शनी 

SITENAME

धनगढी, १९ मंसिर । 
विद्युतीय सामाग्री मोवाईलबाट खुल्ला र बन्द गर्न सक्ने सिम स्विच प्रविधिको धनगढीमा प्रदर्शनी गरिएको छ । सल्यानको त्रिवेणी गाउपालिकाका पुरन बहादुर भण्डारीले निर्माण गरेको सिम स्विच प्रविधिको दार्चुलाको विवेकशिल व्यक्तित्व विकाश समुहले धनगढीको वोराडाडीमा रहेको त्रिभुवन उच्च माद्यमिक विद्यालयमा प्रदर्शन गरिएको हो ।

सिम स्विच प्रविधिका माध्यमबाट घर तथा कार्यालयमा रहेका विजुलीका बत्ती, पङखा, मोटर, फ्रिज, लगायतका विद्युतीय सामाग्री बन्द र खुल्ला गर्न सकिने छन ।

उक्त प्रयोग प्रदर्शनीमा गरिएको थियो भने नेपालका विभिन्न स्थानसगै बाह्य देशबाट पनि सम्भव भईसकेको सिम स्विच प्रविधि निर्माण गर्नुभएका भण्डारीले बताउनुभयो ।

दुई वर्षदेखि सम स्विच प्रविधिको निर्माण गर्दै आएको भएपनि गत भदौमा सफल परिक्षण गरिएको र पहिलो प्रदर्शनी धनगढीमा गरिएको हो । उक्त प्रविधि विश्वमै पहिला आफुले निर्माण गरेको भण्डारीले दावी गर्नुभयो ।

भर्खरै परिक्षण सफल पारिएको र अव सरकारसग समन्वय गरेर व्यवसायीक रुपमा सिम स्विच प्रविधिको विकाशका लाग्ने सोच भण्डारीले बनाउनु भएको छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले मोवाईल स्विचबाट बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । सिम स्विच प्रविधिको प्रदर्शनीपछि विद्यार्थी तथा अभिभावक उत्साहित भएका छन ।

प्रतिकृया दिनुहोस
SITENAME

दार्चुलाका विद्यार्थीले ड्रोन बनाएर उडाए

दार्चुला, १५ मंसिर ।  महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि

SITENAME

कर्णाली प्रदेशको स्थानिय तहमा ईन्टरनेट सुविधा विस्तार

पश्चिम टुडे, धनगढी २३ भाद्र ।  वल्र्ड लिंक कम्युनिकेशन प्रालिले कर्णाली प्रदेश ६ र प्रदेश नं ५ का स्थानिय तहमा ईन्टरनेटको सुविधा विस्तार गरेको छ

SITENAME

यो हो दुनियाँकै सानो टापु

अमेरिकाको न्युयोर्क्स्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो । दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो ।