Close This

भन्सार छलेर ल्याउदै गरेको १ लाख ४८ हजार बराबरको सामान बरामद

बुधबार मङ्सिर १९, २०७५/ Wednesday 12-05-18
Paschim Today

धनगढी, १९ मंसिर । 
कैलालीको भजनी नगरपालिकाको मौरीफाटाबाट सशस्त्र प्रहरीले अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राउदै गरेको अबस्थामा भजनी नगरपालिका वडा नम्बर ३ मौरीफाटा ईलाकाबाट उक्त सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर राजस्व तथा भन्सार गस्ति सुरक्षा कैलाली नम्बर ५३ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देव वहादुर चन्दको नेत्रित्वमा खटिएको टोलीले भन्सार छलेर ल्याउदै गरेको अबस्थामा करीब १ लाख ४८ हजार ५ सय बरावरको सामान बरामद गरेको हो ।

भारतीय नम्बर यूपि ३१ एक्वि ०७०९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकलमा भारतबाट भन्सार छलेर नेपाल तर्फ  ल्याउदै गर्दा हार्डवेयरका सामान र कपडा बरामद गरेको हो ।

वरामद गरीएका मोटरसाईकल, हार्डवेयरका सामान र कपडा कैलाली भन्सान कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर राजस्व तथा भन्सार गस्ति सुरक्षा कैलाली नम्बर ५३ गुल्मबाट सशस्त्त प्रहरी नायव उपरीक्षक देव वहादुर चन्दले जानकारी दीनुभयो ।