भालुको आक्रमणबाट दुई महिला घाइते

डोटी, २० मंसिर ।
डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् ।
घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् । उहाँको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छिन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ ।

६० प्रतिशत योजनाको काम हुँदै
धनगढी, ५ फागुन । कैलालीको कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार हसुलियामा सम्पन्न भएको छ

नेपाली बस्ती डुवानमा पार्ने गरी भारतले बनायो डिल
पश्चिम टुडे, धनगढी ५ फाल्गुन । भारतीय पक्षले कैलालीस्थित नेपाल–भारत दशगजा क्षेत्र नजिक मनोमानी ढङ्गले ट्रेन्च खनेको छ । केहि दिन अगाडि
(1).jpeg)
योजना सम्पादनमा धनगढी उत्कृष्ट
धनगढी उपमहानगरपालिका नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्ये
प्रतिकृया दिनुहोस