नगरपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण

SITENAME

कञ्चनपुर, २० मंसिर ।
कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । 
यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताए । उनले भने,“यसको शुरुवात गरिएको छ, नगर क्षेत्रभित्रका सबैलाई परिचयपत्र वितरण गर्छौ ।”
नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि बनाएर परिचयपत्र वितरण शुरु गरेको हो । “परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउनुहुन्छ, अव परिचयपत्र हेरेर सुविधा दिन्छौ” नगरप्रमुख हमालले भने ।  
वडा नं– ५ का कनहिया लाल रानालाई अपाङ्गता परिचयपत्र वितरण गरी सो कार्य शुरु गरिएको हो । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचयपत्र दिइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गरेका छन् । आफन्तसित कार्यालयमा आएर रानाले परिचयपत्र लिएका हुन । नगरप्रमुख हमालले नगरपालिकाका सबै वडाका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिने जानकारी दिए । कृष्णपुरमा नौ वडा छन् । कञ्चनपुरका नौ स्थानीय तहमध्ये कृष्णपुरमा अपाङ्गता परिचय वितरणमा पहिलोपटक भएको हो । 

प्रतिकृया दिनुहोस
SITENAME

उपेक्षित हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा

धनगढी, २७ मंसिर ।  सुगम जिल्ला कैलालीको दुर्गम ठाउँको रुपमा रहेको सीमावर्ती गाउँ हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा परेको छ ।      कैलारी

SITENAME

जबर्जस्ती करणी आरोपमा युवा पक्राउ

अछाम, २७ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती

SITENAME

कामका लागि भारततिर जानेको लर्को

डोटी, २७ मंसिर । गाउँघरमा काम नपाउने भएपछि डोटीका ग्रामिण क्षेत्रका अधिकांश युवाहरु अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन्