Close This

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सम्पन्न

बिहीबार मङ्सिर २०, २०७५/ Thursday 12-06-18
Paschim Today

पश्चिम टुडे, धनगढी २० मंसिर
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०१८ को अवसर पारेर राष्ट्रसंघका साझेदार संस्थाहरूको सहयोग र नेपाल युवा संस्था सञ्जाल (आयोन)को सहकार्यमा प्राकृतिक विपद्को जोखिम न्यूनिकरणका लागि तयारी, उद्यमशीलता र आर्थिक समृद्धि तथा सामाजिक एकता जस्ता विषयमा प्रदेश नं ७ को धनगढीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तथा प्रादेशिक निर्वाचित पदाधिकारी तथा राष्ट्रिय युवा परिषद्सँग गरिएको उक्त कार्यक्रममा स्वयंसेवकहरूसँग काम गर्न र देशभरी नै स्वयंसेवाको सँस्कार बसाल्न सरोकारवालाई प्रतिवद्ध रहन आयोजकले आग्रह गरेको थियो ।  
संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा अनिवार्य गरिएको अन्र्तराष्ट्रिय स्वयंसेवकदिवस हरेक वर्ष डिसेम्बर ५ का दिनविश्वभरी नै विविध कार्यक्रमको आयोजना गरी उत्साहका साथ मनाईन्छ । यस दिवसलाई स्वयंसेवकतथा संघसंस्थाहरूले आफुले समुदायमा गर्दै आइरहेका महत्वपुर्ण कार्यहरू समुदायका सरोकारवालाहरू जस्तैः गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघ अन्तर्गतकानिकायहरू, सरकारी निकाय तथा निजी क्षेत्र समक्ष साक्षात्कार गराई स्वयंसेवालाई प्रोत्साहन गर्ने अवसरको रूपमा पनि लिईने गरेको छ । 
प्रदेश नम्बर ७मा लोकतान्त्रिक सहभागिता र सामाजिक एकता शीर्षकमा अभिमुखीकरण आयोजना गरिएको थियो । 
स्थानीय निकायमा आयोजना गरिएको उक्त अभिमुखीकरणबाट प्रादेशिक सरकारका पदाधिकारी, स्थानीय युवा संस्थाका प्रतिनिधि, विद्यार्थी र स्वयंसेवकहरूले सामुदायिक सबलीकरण र विपद् जोखिम न्यूनिकरणका लागि कसरी स्वयंसेवक परिचालन गर्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल गरी समुदाय स्तरमा काम गरिरहेका स्वयंसेवकले स्वयंसेवाको महत्वबारे आफ्ना अनुभव आदान-प्रदान गरेका थिए । 
कार्यक्रमको निचोडमा स्थानीय तथा प्रादेशीका सरकारका प्रतिनिधिहरूलाई स्थानीय नीति निर्माण प्रकृयामा स्वयंसेवाको सारलाई कसरी मुलधारमा ल्याउन सकिन्छ भन्ने विषयमा सुझाव पनि दिइएको थियो ।