‘हिरो आ गैल’ म्युजिक भिडियो सार्वजनिक

धनगढी, ४ फागुन । थारु भाषाको ‘हिरो आ गैल’ बोलको गीतमा बनेको म्युजिक भिडियो बिहीवार सार्वजनिक गरिएको छ ।
हमार म्युजिक पहुराले उक्त गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक गरेको हो । म्युजिक भिडियोमा कैलालीका चर्चित थारु मोडल वीर चौधरी र एलिशा चौधरीले अभिनय गरेका छन् । सावन मर्चाहाको शब्दमा युवा पुस्तामाझ लोकप्रिय बन्न सफल गायक खेम चौधरीले स्वर दिएका छन् । गीतमा गणेश चौधरीको सङ्गीत रहेको छ ।
थारु भाषामा एकपछि अर्को गीत र म्युजिक भिडियो बनाउनेक्रम अहिले बढेको छ । हमार म्युजिक बगिया, बिन्दास मिडिया, याल्डमुन मिडिया, सीएस फिल्म्स् प्रालि, हमार म्युजिक अङ्गना लगायतका प्रोडक्सन हाउसले नयाँ–नयाँ गीत तथा म्युजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

बिरेन्द्र जोहारीको स्वरमा सुदुर पश्चिम आँखैमा झलल । (भिडियो सहित)
सांगीतीक क्षेत्रमा नयाँ अनि सुदुर पश्चिम प्रतिको माया झल्किने गीत सुदुर पश्चिम आँखैमा झलल बजारमा आएको छ । यस गीत बिरेन्द्र जोहारी र माण्डबी

कविता श्रेष्ठको एल्बम “मन ” म्युजिक भिडियो सार्वजनिक
बैशाष ३ । गायिका कविता श्रेष्ठ एल्बम “मन ” म्युजिक भिडियो सहित लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन । उनी सम्झाउन खोज्छु र्यो मन’ नामक

गीत मार्फत महतोको संरक्षण सन्देश
धनगढी, वैशाख १ । वन र वन्यजन्तु संरक्षणमा क्रियाशिल देव नारायण महतोले गीत मार्फत संरक्षणको प्रयास थालेका छन् । जैविक विविधता र पर्यावरणीय
प्रतिकृया दिनुहोस