Close This

इमानदारिताले संघीयता कार्यान्वयन हुने – मुख्यमन्त्री भट्ट

शुक्रबार मङ्सिर २१, २०७५/ Friday 12-07-18
Paschim Today

धनगढी, २१ मंसिर । 

इमानदारितालाई आत्मसाथ गरेर काम गर्नसके संघीयता पूर्णरुपमा कार्यान्वयन हुनेमा दुईमत नरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । 
पूर्व सांसद मञ्चले धनगढीमा आयोजना गरेको भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नयाँ संरचनामा नया“ सोच, जागर लिएर सरकारका उच्चस्तरमा रहेकाले काम गर्न सके देशको मुहार परिवर्तन हुने मुख्यमन्त्री भनाइ थियो । 
अहिले नै प्रदेश सरकारले काम गर्न सकेन भनेर आत्तिनु पर्ने अवस्था सृजना नभएको बताउदै उनले नया ँसंरचना निर्माण गुर्नपर्ने भएकाले केहि ढिलाइ भएको बताए । प्रदेशका मन्त्रालयदेखि मातहतका कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताउदै उनले अबको केहि दिनभित्रै सबैको व्यवस्थापन गरेर विकास निर्माणका काम अगाडि बढाउने बताए । 
सरकार सहीरुपमा अगाडि बढ्न नसकेका कारण जनतामा निराश छाएको नेकपा नेता लेखराज भट्टले बताए । देशमा अहिलेसम्मका सत्ता बिग्रिनुमा अभिभावकवादको दम्भ भएकाले यसमा सुधारगरी जनताको चाहना अनुसार काम गर्नुपर्ने नेता भट्टको भनाई छ । साथै, उनले अहिलेको अवस्थामा देशमा गठित तिनै तहका सरकारले जनचाहना अनुसार काम गर्न नकसेको पनि बताए । 
देशमा गठन भएका सरकारले अहिले सम्म २० प्रतिशतको हाराहारीमा मात्रै काम गर्न सकेको नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रण वहादुर रावलले बताए । देश नया“ ढंगबाट संचालन भएको लामो समय भएपनि कार्य प्रगति भने, माथि बढ्न नसकेको उनको भनाई छ । अहिलेसम्म २० प्रतिशत मात्रै काम हुनु भनेको सरकार जिम्मेवारीप्रति गम्भीर नभएको बुझिएकाले आगामी दिनमा कमीकमजोरीलाई सुधार गरी जनचाहना अनुसार काम गर्नुपर्ने रावलको सुझाव थियो । 
संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या, चुनौति, समाधान लगायतका विषयमा राय सुझाव संकलन गर्न पूर्व सांसद मञ्चले भेला गरेको हो । भेला प्रश्चात् देशभरीका अन्य प्रदेशमा पनि भेला गरिने बताइएको छ ।