Close This

भन्सार छलेर ल्याउदै गरेको १ लाख ३६ हजार बराबरको सामान बरामद

शुक्रबार मङ्सिर २१, २०७५/ Friday 12-07-18
Paschim Today

धनगढी, २१ मसिंर । 
कैलालीको धनगढीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीले अबैध सामान बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा सशस्त्र प्रहरीले धनगढीका ३ वटा स्थानबाट सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेड क्वाटर कैलालीबाट खटिएको टोलीले बिभिन्न ठाउबाट १ लाख ३६ हजार बारबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेड क्वाटर कैलालीबाट खटिएको सशस्त्र प्रहरी हवल्दार नन्दराज भाटको कमान्डमा खटिएको टोलिले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेलिबाट ३४ हजार ९ सय बरावरको लुगा कपडा, प्लाटिक सामान र हाडवयरका सामान बरामद गरेको हो ।

सोहि टोलिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोक ईलाकाबाट ३० हजार बरावरका महिलाले प्रयोग गर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी हवल्दार भाटकै टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ को २ नम्बर घाट भएर भन्सार छलि नेपाल भित्राउदै गर्दा ७२ हजार बरावरका हार्डवयरका सामान बरामद गरेको छ ।

बरामद गरेका सामान कैलाली भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेड क्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु भट्टले बताउनु भयो ।

पछिल्लो समय सशस्त्र प्रहरीले चोरी तस्करीलाई रोक्न सुरक्षामा कडाई गरेपछि केहि रुपमा तस्करीमा कमि भएपनि चारी गर्ने नया तरीका पनि सुरु भईरहेको देखिन थालेको छ ।

सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न बिभिन्न प्रयास गरीरहेपनि सिमा क्षेत्रमा बस्ने स्थानियले सहयोग नगर्दा समस्या हुने गरेको बताउनु भयो ।