Close This

बिडीसिए क्रिकेट प्रतियोगितामा एनसिसि, यौंङ्गस्टार र एकेडेमी विजयी 

शुक्रबार मङ्सिर २१, २०७५/ Friday 12-07-18
Paschim Today

बैतडि, २१ मंसिर 
बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रवार सुपर सिक्सका ३ खेल सम्पन्न भएका छन् । जसमा एनसिसि, यौंङ्गस्टार र एकेडेमी विजयी भएका छन् ।

निंगलाशैनी खेल मैदानमा भएको पहिलो खेलमा दिपक बोहराको सतकिय पारीसंगै यौंङ्गस्टार मेलौलीलाई ६३ रनले स्तब्ध पार्दै निंगलाशैनी क्रिकेट क्लव विजयी भएको छ ।

पहिला ब्याटिंग गरेको एनसिसिले २० ओभरमा ५ विकेटको क्षतीमा २१३ रन बनाएको थियो । यौंङ्गस्टारका जयराम भट्टले २ विकेट हात पारेका थिए ।

२१४ रनको बिशाल लक्ष्य पन्छाएको यौंङ्गस्टारले १५० रन मात्रै बनाउन सक्यो । एनसिसिका ऋषिकेश बोहराले ३ तथा दिपेन्द्र ऐरीले २ विकेट हात पारेका थिए ।

यस्तै दोस्रो खेलमा नवजागृती क्रिकेट क्लव बसन्तपुरलाई ५ विकेटले पराजित गर्दै यौंङ्गस्टार पनि विजयी भएको छ । पहिला ब्याटिंग गरेको बसन्तपुर ७२ रनमा समेटियो ।

७३ रनको लक्ष्य यौंङ्गस्टारले ११ ओभरमा  ५ विकेटको क्षतीमा भेट्टायो । यौंङ्गस्टारका लागी ४ विकेट हातपारेका कप्तान मंगेश दयाल म्यान अफ दम्याच चुनिए ।

उता बुड्डाबाजे क्रिकेट मैदानमा भएको खेलमा कालाशैनी क्रिकेट क्लवलाई १ विकेटले हराउदै दशरथचन्द एकेडेमी विजयी भएको छ । पहिला ब्याटिंग गरेको कालाशैनीले १२६ रन बनाएको थियो ।

एकेडेमीका सुरेन्द्र चन्द बादशाहले २ विकेट हात पारेका थिए । १२७ रनको लक्ष्य एकेडेमीले ९ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको थियो ।

प्रतियोगिता अन्तर्गत शनिवार निंगलाशैनी खेलमैदानमा हुने खेलमा एनसिसि र बसन्तपुर भिड्दा बुड्डाबाजे क्रिकेट मैदानमा पञ्चकोटी र एकेडेमी आमनेसामने हुने भएका छन् ।