Close This

कालाकुण्डबाट १ लाख ७१ हजार बराबरको सामान बरामद

शुक्रबार मङ्सिर २१, २०७५/ Friday 12-07-18
Paschim Today

धनगढी, २१ मंसिर ।
कैलालीको टिकापुर नगरपालिकाबाट भन्सार र सशस्त्र प्रहरीको टोलीले अबैध सामान बरामद गरेको छ । टिकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डबाट सयुक्त टोलीले १ लाख ७१ हजार बराबरको सामान बरामद गरेको हो ।

खक्रौला भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बिओपि खक्रौलाको टोलीले परालको कनिउ मुनि लुकाएको अबस्थामा उक्त सामान बरामद गरेको हो ।

पक्राउ गरेका सामानमा किरानका सामान, हार्डवयरका सामान र लुगा कपडा रहेको सशस्त्र प्रहरी बल बिओपि खक्रौलाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक धोजबिक्रम शाहिले जानकारी दीनु भयो ।