बजार व्यवस्थापन समिति गठन

शनिबार मङ्सिर २२, २०७५/ Saturday 12-08-18
Paschim Today

धनगढी, २२ मंसिर ।

बजारको शान्ति सुरक्षा तथा व्यापार व्यसाय प्रर्वद्धनका लागि धनगढीको क्याम्पस रोडका व्यापारीहरुले क्याम्पस रोड बजार ब्यवस्थापन समिति गठन गरेका छन् ।  

व्यवसायी चित्र छेडालको अध्यक्षतामा गठन भएको बजार व्यवस्थापन समितिमा वडा अध्यक्ष पदेन सदस्य रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्ष उपाध्यक्षमा गुरुप्रसाद चौधरी, सचिवमा इन्द्र बहादुर सेठी, सह–सचिवमा पारसराज जोशी, कोषाअध्यक्षमा प्रेम साउँद चयन भएका छन् ।  

सदस्यहरुमा सरस्वती चौधरी, हरेन्द्र ऐडी, अमोद कठायत, टीकाराम नेपाली, दीपक ठकुल्ला, खोजराज चौधरी, उत्तम जोशी, भीमबहादुर बोहरा, विनोद दाहल र हेमन्तराज बस्नेत चयन भएका छन् ।  

नव गठित बजार व्यवस्थापन समितिका अध्यक्ष छेडालले क्याम्पस चोकमा शान्ति सुरक्षाका लागि प्रहरी बिट राख्ने र त्यस क्षेत्रको व्यापार प्रर्वद्धनका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताएका छन् ।  

क्याम्पस रोड बजार व्यवस्थापन समितिको सल्लाहकारमा बिर्खबहादुर सिंह, मनोज अशवाल, रामऔतार जोशी, जयबहादुर कामी र सरोज चौधरी रहेका छन् । त्यस्तै कानुनी सल्लाहकारमा गजेन्द्र बहादुर केसी र प्रेस सल्लाहकारमा शंकर बोहरा चयन भएका छन् ।