Close This

कैलाली बारको अध्यक्षमा केसी 

आइतबार मङ्सिर २३, २०७५/ Sunday 12-09-18
Paschim Today

धनगढी, २३ मंसिर ।
कैलाली जिल्ला अदालत बार एकाईको निर्वाचनबाट अध्यक्षमा शिवबहादुर केसी निर्वाचित भएका छन् । निर्वाचनमा केसीले ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी गम्भिरसिंह ऐरले ३६ मत प्राप्त गरेका थिए ।
     यसैगरी उपाध्यक्षमा भरत बहादुर सिंह ४१ मत पाएर निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी सिद्धराज ओझाले ३९ मत प्राप्त गरेका थिए । सचिवमा सुवास चन्द्र उपाध्याय ५२ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रमेशलाल बिष्ट क्षेत्रीले २७ मत प्राप्त गरेका थिए ।  सह–सचिवमा रेणुप्रधान श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् ।
     यसैगरी कोषाध्यक्षमा लोकबहादुर चौधरी ५० मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्वन्द्वी उद्धबबहादुर क्षेत्रीले ३० मत प्राप्त गरेका थिए ।
     सदस्यमा जानकी तुलाधर ४४, किशोर कुमार चौधरी ६५, ओमप्रकाश जोशी ४७, नाथुराम महतो ५९, पारस बस्नेत ५९, मीनबहादुर बोगटी ५२, नैनबहादुर बडायक ४८ र शिवचरण चौधरी ५० मत प्राप्त गरी विजयी भएका छन् ।  निर्वाचनबाट पार्षदमा ईन्द्रप्रसाद लेखक, देवराज भट्ट, तुलाराम गिरी चयन भएका निर्वाचन समिति संयोजक जोहारीलाल चौधरीले जानकारी दिए । एक जना सदस्य बाहेक सबै नेपाली काँग्रेस निकट अधिवक्ताहरु निर्वाचित भएका हुन ।