Close This

सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायलमा बिस्तार

आइतबार मङ्सिर २३, २०७५/ Sunday 12-09-18
Paschim Today

कर्ण चन्द, डोटी, २३ मंसिर ।  
सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायल गाउँपालिकामा बिस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जोरायल गाउँपालिकाको सहकार्यमा साझेदारी कार्यक्रम सुरु भएको हो ।
स्थानीय तह र प्रहरी प्रशासनको सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागी सामुदाय प्रहरी साझेदारीको सुरुवात  गरिएको प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताउनु भएको छ । नागरिककोे सुरक्षा सम्बन्धिका कुनै पनि समस्या भएमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन उपरिक्षक माझीले आग्रह गर्नु भएको छ । 
लैंगिक हिंसा सम्बन्धिका समस्यमामा चुप लागेर नबस्न पनि माझीले आग्रह गर्नु भएको छ । सामुदाय र प्रहरी दुबै मिलेर मात्र अपराध नियन्त्रण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भएको छ । समाजमा भएका बिद्यमान कुरिती, कुप्रथा अत्यन्त गर्नका लागी त्यस्को बिरुद्धमा जानका लागी जनप्रतिनिधीको प्रतिबद्धता आबश्यकता रहेको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनु भएको छ ।
प्रहरी र स्थानीय तहका जनप्रतिनिधीलाई नागरिकले सहयोग गर्नु पर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भएको छ । प्रहरी र सामुदाय नंङ र मासुको जस्तो सम्बन्ध हुनु पर्ने ओझाले बताउनु भएको छ । जनताको हित अनुकुलका काम गर्नका लागी जोरायल गाउँपालिका तयार रहेको अध्यक्ष ओझाले बताउनु भएको छ । 
बहु बिवाह तथा बाल बिवाह बढ्दै गएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनु भएको छ ।  पछिल्लो समयमा बिद्यालय पढ्दै गर्दा बिद्यालय छोड्ेर बाल बिवाह तथा  बहु बिवाह गर्ने समस्या बढेको बोहराले बताउनु भयो । जोरायल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम गरेर कार्यक्रमको सुरुवात गरिएको हो । 
जोरायल गाउँपालिकामा  सामुदाय प्रहरी साझेदारी  समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहनु हुने भएको छ । वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा समिति गठन गर्ने, बिभिन्न क्षेत्रका सरोकारवाला निकाय, नजिकको प्रहरी कार्यालय सहतिको समिति गठन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।