Close This

निर्मलाले तिम्ल्याहा सन्तानलाई जन्म दिईन

सोमबार मङ्सिर २४, २०७५/ Monday 12-10-18
Paschim Today

धनगढी, २४मंसिर । 
सेती अञ्चल अस्पताल धनगढीमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।
कैलालीको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।
सेती अञ्चल अस्पतालका अनुसार दिउसो दुई बजेर १३ मिनेटमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले ३ बजेर मिनेटमा एक किलोको छोरालाई जन्म दिईन । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दिउसो ३ बजेर ५० मिनेटमा दुई किलो तौलको छोरालाई जन्म दिईन ।
दोस्रो शिशु उल्टो अवस्थामा थियो,अप्रेशनमा सहभागी एक चिकित्सले भने, तीन वटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ । 
समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको एक चिकित्सकले बताए । करीव साढे सात महिनामा निर्मलाले सुत्केरी भएकी हुन् । 
तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।