Close This

नबिल बैंकको रकम लुट प्रकरण

५ वर्ष बिति सक्दा पनि घटना गर्भ मै सिमित

सोमबार मङ्सिर २४, २०७५/ Monday 12-10-18
Paschim Today

धनगढी, २४ मंसिर । 
नबिल बैंकको महेन्द्रनगर शाखाबाट २ करोड ३० लाख रुपैयाँ लुट्ने लुटेरा अहिले सम्म पत्ता लाग्न सकेको छैन । घटना घटेको ५ बर्ष पुगि सक्दा समेत प्रहरी घटना पत्ता लगाउन नसको हो । घटना घटेपछि जिल्ला र प्रदेशमा आएका नया नेत्रित्वले घटना पत्ता लगाउने वाचा गरेपनि अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

नबिल बैंकको महेन्द्रनगर शाखाबाट पैसा बोकेर धनगढी तर्फ आइरहेको जिपलाई नियन्त्रणमा लिएर २ करोड ३० लाख रुपैयाँ लुटीएको थियो ।

प्रहरीले बिभिनन अनुसन्धान समिति गठन गरेर अनुसन्धान गरेपनि अहिले सम्म घटना पत्ता लाग्न सकेको छैन । रकम लुटिएको ५ बर्ष बितिसक्दा पनि प्रहरीले लुटेराबारे भेउसम्म पाउन सकेको छैन । 
महेन्द्रनगर नबिल बैंकको शाखा कार्यालयबाट धनगढीस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा जम्मा गर्नका लागि ल्याएको २ करोड ३० लाख ६० हजार २०७० मंसिर २५ गते ट्राफिकको पोसाकमा रहेका लुटेराले फिल्मी शैलीमा कैलालीको साबिकको मालाखेती– ३, चौकीडाँडामा जिप नियन्त्रणमा लिएर लुटेका थिए । गाडीमा काठमाडौंबाट केही दिनका लागि आएका अडिटर शुक्रराज भट्टराई क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक दिलबहादुर चन्द थिए ।