Close This

अत्याधुनिक फिटनेश सेन्टर संचालनमा 

सोमबार मङ्सिर २४, २०७५/ Monday 12-10-18
Paschim Today

पश्चिम टुडे, धनगढी २४ मंसिर । 
धनगढी उपमहानगरपालिका ३ चटकपुरमा सुदूरपश्चिमको एक मात्र अत्याधुनिक फिटनेश सेन्टर (जिम क्लब) संचालनमा आएको छ । 
सोमबार फिटनेश सेन्टरको विवेकशील साझा पार्टीका प्रदेश नं ७ संयोजक गोपाल हमालले उद्घाटन गरेका छन् । 
४० लाखको लगानीमा संचालनमा आएको फिटनेश सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु ट्रेड मिल, स्पिनिङ बाईक, इलिप्टकल ट्रेलर लगायत
फिटनेशका अत्याधुनिक मेसिनहरुबाट दक्ष तथा अनुभवी प्रशिक्षकबाट व्यायाम सिकाईने फिटनेश सेन्टरका संचालन मोहन तामाङ्गले बताए । 
संचालक तामाङ्गले एक हप्ताभित्र नाम दर्ता गर्न आउने व्यक्तिलाई फिटनेश सेन्टरमा ५० प्रतिशतसम्म छुट दिएको जानकारी दिए ।