Close This

कैलालीको जोनापुर फुटबल प्रतियोगिता आयोजन हुदै 

मंगलबार मङ्सिर २५, २०७५/ Tuesday 12-11-18
Paschim Today

धनगढी, १५ मंसिर ।
फुटबलको उर्बरभुमिका रुपमा चिनिने कैलालीको गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनरासिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानिय मदरल्याण्ड युवा क्लबले प्रथम पुरस्कार २ लाख रहने गरी मदरल्याण्ड युथ कप २०७५ को आयोजना गर्न लागेको हो । मंसिर २९ देखि पुष ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानिय स्तरका चर्चित १६ टोलीको सहभागिता रहने आयोजक क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

प्रथम पुरस्कार नगद २ लाख रहेको प्रतियोगिताको उप बिजेताले १ लाख पुरस्कार पाउने प्रतियोगिताका संयोजक गोपाल चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाइ पनि पुरस्कारको ब्यबस्था गरीएको क्लबका अध्यक्ष श्रबण चौधरीले जानकारी दिनुभयो ।

हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका सबै खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै खेलाइने छन ।

करीब एक हप्ता सम्म चल्ने प्रतियोगिताले स्थानिय खेलाडीहरुलाइ मद्धत पु¥याउने कैलाली फुटबल संघका अध्यक्ष मोहित शाहले बताउनुभयो ।