Close This

सय कडा दशका निर्माता टोली फिलिमको प्रचार गर्न देश दौडाहमा 

मंगलबार मङ्सिर २५, २०७५/ Tuesday 12-11-18
Paschim Today

धनगढी, १५ मंसिर ।
नेपाली कथानक चलचित्र सय कडा दशका निर्माता टोली फिलिमको प्रचार प्रचार गर्न देश दौडाहमा रहेको छ । चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले देश दौडाहामा रहेको टोली सोमबार धनगढी पुगेको थियो ।

चलचित्रकी निर्माता रज्जु प्रधानले हामी चलचित्रको प्रचार गर्नमात्र होइन स्थान, विभिन्न संस्कृति, पर्यटकिय स्थलहरुको अवलोकन गर्न आएको बताउनु भयो ।

उहाले माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र सय कडा दशलाइ भ्रष्टाचार विरुद्धको अभियान अन्र्तगत निर्माण गरिएको बताउनु भयो ।

हास्य व्यांग्यबाट भ्रष्टाचारले समाजमा पारेको असरबारे चलचित्रले सन्देश दिएको बताउदै उहाले भ्रष्टाचार अन्त्यका लागि युवा जागरुक हुन जरुरी रहेको भनेर चलचित्रले सन्देश दिएको बताउनु भयो ।

चलचित्रका निर्देशक रामशरण पाठकले यस चलचित्रमा राजाराम पोखरेल भ्रष्टाचारी र हास्य कलाकार मनोज गजुरेल सदाचारीको भुमिकामा रहेको बताउनु भयो ।

रामशरण पाठकको निर्देशनमा छायांकन भएको फिल्ममा अभिनेता अमृत ढुंगाना र करुणा श्रेष्ठको मुख्य अभिनय रहको छ ।

रबि डंगोल, रश्मि भट्ट, अमित पोखरेल, उत्सव न्यौपाने, बर्मेली अभिनेत्री सोनिया राईको अभिनय रहेको छ । दर्शक नेपाल क्रियसनको व्यानरमा बनेको फिल्म भ्रष्टाचार भर्सेस प्रेमको कथामा आधारित रहेको छ । फिल्मको छायांकन पोखरा, पाचथर र काठमाडौंमा भएको जनाइएको छ ।

रज्जु प्रधान र उत्तम खत्री फिल्मका निर्माता रहेका छन । टिमले माघ १८ गते देशभरी फिल्म प्रदर्शन आउने बताएको छ । निर्देशक पाठकले यसअघि हिट फिल्म प्रेमगीत २ निर्देशन गरेका थिए ।