Close This

पत्रकार महांघको भवन उद्घाटन

बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today

कन्चनपुर, २६ मंसिर ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले महासङ्घको कञ्चनपुर शाखा कार्यालय भवनको मंगलबार उद्घाटन गरेका छन् । 
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाको १८औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष आचार्यले सो भवन उद्घाटन गरेका हुन । भवन उद्घाटन गर्दै आर्चायले पत्रकारिता क्षेत्रमा अझै सङ्घीयता नआएको धारणा राखे । 
‘अहिले पनि सञ्चारसम्बन्धी सेवा लिन काठमाडौँ धाउनुपर्ने बाध्यता छ’ उनले भने–‘स्थानीय तहको विज्ञापनसमेत काठमाडौँ केन्द्रित हुनु राम्रो होइन ।’ उनले समानुपातिक विज्ञापन वितरणमा जोड दिए ।​​​​​​​ ‘सबैखाले निर्वाचन सफल गराउन सञ्चारको ठूलो भूमिका रह्यो’, अध्यक्ष आचार्यले भने–‘आर्थिक समृद्धि र विकासमा पनि मिडियाको भूमिका रहन्छ ।’
पत्रकारिता क्षेत्रलाई सङ्घीय ढाँचामा लगेर विकास र व्यवस्थित गरिने उहाँको भनाइ थियो । भवन निर्माणका लागि वरिष्ठ पत्रकार एवं कान्तिपुर दैनिकका सुदूरपश्चिम प्रदेश ब्यूरो प्रमुख चित्राङ्ग थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । भवन निर्माण गर्न यहाँका विभिन्न निकाय र व्यवसायीले सहयोग गरेका थिए । भवनको दोस्रो तला र पर्खाल निर्माणका लागि पहल भइरहेको छ । भवन उद्घाटन समारोहमा पत्रकार महासङ्घका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्लाका पदाधिकारीको उपस्थिति थियो ।