Close This

गुणस्तरीय बिउ उत्पादन प्रबिधि सम्बन्धि तालिम आयोजना

बिहीबार मङ्सिर २७, २०७५/ Thursday 12-13-18
Paschim Today


चिसापानी(कैलाली),२७ मंसिर ।
नेपाल बिउ व्यवसायी संघको आयोजना तथा नेपाल सिड एण्ड फर्टिलाईजर प्रोजेक्टको आर्थिक सहयोगमा गुणस्तरीय बिउ उत्पादन प्रबिधि सम्बन्धि एक दिने तालिम बुधवार कैलालीको चिसापानी सम्पन्न भएको छ ।
नेपाल बिउ व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकालले गुणस्तरीय बिउ बिना कृषिजन्य बस्तुको उत्पादन बृद्धि संभव नभएकोले बिउ व्यवसायीहरुलाई गुणस्तरीय बिउ उत्पादनका लागि अभिप्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
तालिममा संघका अध्यक्ष लक्ष्मीकान्त ढकाल, बिउ बिजन परीक्षण प्रयोगशाला बाँके खजुराका प्रमुख दिलिपसिंह, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका प्राबिधिक कृषि अधिकृत सुमन बोहरा,सिमिट एन्साफका बाली प्रजनक डार्बिन जोशी, एन्साफका व्यापार व्यवसाय विकास प्रबद्र्धक डा. नारायण प्रसाद खनालले बिउ उत्पादन सम्बन्धि बिभिन्न प्रस्तुतीकरण गरेका थिए ।
तालिममा ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका ३५ जना बिउ व्यवसायीहरुको सहभागिता रहेको थियो ।