Close This

रवि ओड भए नेपाल आईडल, सुदूरपश्चिममा खुशीयाली

शुक्रबार पौष ६, २०७५/ Friday 12-21-18
Paschim Today


धनगढी, ६ पुष ।
सुदुरपश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। शुक्रबार साँझ पुल्चोकको इन्जिनियरिङ ग्राउण्डमा भएको फाइनल स्पर्धामा सर्वाधिक भोट बटुल्दै उनी नेपाल आइडल बनेका हुन्।
उनले विजेता बनेसँगै गोल्डेन ट्रफी सहित नगद २२ लाख जितेका छन् । उनले होन्डाको आरभी कार समेत जितेका छन्। यसका अलावा ओप्पोको फोन जितेका छन्।
अवार्ड जितेपछि ओडले यो क्षणलाई बयान गर्न नसकिने प्रतिक्रिया दिएका छन्। उनले चारै जना नेपाल आइडलको विजेता बनेको पनि बताए।
सोही प्रतियोगितामा बिक्रम बराल फस्ट रनरअप बने भने सुमित पाठक सेकेन्ड रनरअप बनेका छन्। फस्ट रनरअप बन्दै बरालले सिल्भर ट्रफी २० लाख नगद पुरस्कार प्राप्त गरे भने सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।त्यस्तै अस्मिता अधिकारी थर्ड रनरअप बनेकी छन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।

रवि नेपाल आईडल भएको खुशीमा धनगढीमा नेपाल आईडल घोषणा भए लगत्तै दीपावली मनाईएको छ ।
त्यस्तै धनगढी र महेन्द्रनगरमा उनको समर्थनमा दीपावली गर्नुको साथै बिजयी ¥याली समेत निकालिएका छन् ।
गरिवी,अभाव र पीडाका बीच हुर्केका रवि कडा मिहिनेत सुदूर पश्चिमवासीको अपार माया, साथ र समर्थनका कारण नेपाल आईडल बन्न सफल भएका हुन् ।
उनले देशभित्र र देश बाहिर रहेका सुदूरपश्चिमेलीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भोट गर्न अभियान नै चलाएका थिए ।
रवि नेपाल आईडल भएपछि संसारभरी छरिएर रहेकासुदूर पश्चिमेलीहरुले खुशी व्यक्त गरेकाछन् ।  सामाजिक सञ्जालका भित्ताहरु रविलाई बधाई तथा प्रशंसा गर्दै भरिएका छन् । कतिपयले रविको जितलाई सूर्य पश्चिमबाट उदाएको समेत बताएका छन् ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले फेसबुक मार्फत रविलाई नेपाल आईडल भएकोमा बधाई दिएका छन् । उनले रवि नेपाल आईडल भए लगत्तै फेसबुकमा लेखे,रवि वडले जितेकोमा सम्पूर्ण सुदूरपश्चिम प्रदेशका जनतालाई बधाई ।
    
फेसबुकमा कोमल भट्ट लेख्छन्,अश्मिता पूर्वबाट उदाईनन । पश्चिमबाट रवि उदाए ।
कैलाली जिल्लाका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले फेसबुकमा लेखेका छन्,एउटा म्यादी प्रहरीबाट संघर्ष गरेको ठिटोलाई नेपाल आईडल जस्तो गरिमामय पदमा पुर्याउन ईटा थप्ने सम्पूर्ण नेपालीलाई र खासगरी सुदूरपश्चिमेलीलाई मेरो कोटी कोटी सलाम ।
अमेरिकाबाट दिवाकर बागचन्द आफ्नो फेसबुक वालमा लेख्छन्, म संगीत बुझेको मान्छे त होईन,तर भन्दै छु । तर मेरो बुदी(भाई) लाई बधाई छ । जय सुदूर पश्चिम ।