Close This

के रवी ओड नेपाल आइडल बन्न लायक होईनन र ?

क्षेत्रीयता हावी भएको भए रवी हैन, अरु नै बन्थे नेपाल आइडल ।

सोमबार पौष ९, २०७५/ Monday 12-24-18
Paschim Today

रमेश भट्टराई, अमेरिका ।
केहि दिन अघि मात्रै एपी वान टेलिभिजनबाट प्रसारण भईरहेको सिंगिंग रियालिटी सो नेपाल आईडलको दोस्रो संस्करण सम्पन्न भएको छ । सयौँ प्रतिस्पर्धीलाई पछि मात्रै आईडलको उपाधि कंचनपुरका रवी ओडले हात पारेका छन । काठमाण्डौमा सम्पन्न फाईनलमा अन्तिम ४ जना प्रतिस्पर्धी भन्दा अत्यधिक मत प्राप्त गरि उनी आईडल बनेका हुन । सो सम्पन्न भएसंगै विभिन्न प्रतिक्रिया आइरहेका छन । कुनै पनि कार्यको राम्रो नराम्रो पक्षलाई केलाउनु समीक्षा गर्नु राम्रो पनि हो । यसले हर कसैलाई पनि परिस्कृत गर्दै अगाडि बढ्न मदत गर्दछ । सिजन १ का बारेमा पनि विभिन्न टिकाटिप्पणी भएका थिए । यस्तै सिजन २ का बारेमा पनि निकै धेरै टिकाटिप्पणी भईरहेको छन । 
तर पछिल्लो केहि दिन यता नेपाल आईडलको दोस्रो सिजनको नतिजालाई लिएर सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणीहरु सामाजिक संजालमा भाईरल भईरहेका देखिन्छन । विभिन्न मिडिया हाउसहरुले पनि सकारात्मक भन्दा नकारात्मक कुराहरुमा नै बढी जोड तथा सम्प्रेषण गरिराखेको भेटिएको छ ।  यसरी सामाजिक संजाल र संचारमाध्यममा आए जस्तै टिकाटिप्पणीलाई आधार मान्ने हो भने, के दोस्रो नेपाल आईडल बनेका रवी ओड आईडल बन्न लाएकै थिएनन ? यो प्रश्न उठेको छ । धेरैले नेपाल आईडलमा यसपालि क्षेत्रीयता हावी भएको, गरिबीको बिज्ञापन गरेर भोट आर्जन गरेको लगायतका टिप्पणी गरेका छन । कतिपयले त यो रियालिटी सो परिमार्जन गर्नुभन्दा पनि बन्द गर्नुपर्ने विचार समेत व्यक्त गरिरहेका छन । 


हुन त प्रत्येक मान्छेको स्वाभव फरक हुुन्छ, सोच फरक हुन्छ, दृष्टिकोण फरक हुन्छ अनि चाहना पनि फरक हुन्छ । उदारहणका लागि मानौ, मंसिर महिनामा पानि प¥यो अर्थात वर्षा भयो भने के हुन्छ होला ? पक्कै पनि यहा दुईटा कुरा हुन्छन, पहिलो वर्षाले बालिनाली सप्रिने हुनाले किसान खुशी हुन्छन भने अर्को तिर यो समय विवाहको समय हो । यो बेला वर्षा हुदा विवाह हुने परिवार दुखी हुन्छन । यहाँ न त खुशी वर्षा भाको हो, न त दुखी वर्षा नै । मात्र वर्षा भाको हो । तर हाम्रो हेर्ने नजरले वर्षालाई खुशी वा दुखी बनाइदियो । 
अब कुरा गरौ रवीको । 
कंचनपुरको एउटा गाउँको झुपडीमा बस्ने रवीलाई कसैले टपक्क टिपेर काठमाण्डौ लगि दुईटा खादा अनि एउटा फुलको माला लगाउदै नेपाल आईडल घोषणा गरेको होईन । उनी आईडलमा प्रतिभा बिनै आएका पनि होईन्न, उनलाई सो का तीन जना जजहरुले घुस खाएर छनोट गरेको पनि पक्कै होईनन । र उनले पाएको लाखौ भोट र उनलाई भोट गर्ने लाखौ जनता सबै मुर्ख पनि छैनन होला । 


हो, मान्छे परफेक्ट हुदैनन । रवीमा पनि पक्कै कमि कमजोरी छन, तर रवी नेपाल आईडल बन्न लाएककै छैनन भन्ने मलाई पटक्कै लाग्दैन । 
हजारौबाट छानिएर अन्तिम ४ मा झापाका दुई जना सुमित पाठक र अस्मिता अधिकारी अनि पोखराका बिक्रम बराल संगै कंचनपुरका रवी ओड छनोट भएका थिए । 
फाईनलमा पुगेका दुई जना झापाका सुमित र पोखराका बिक्रमले आफुलाई अडिसन राउण्डै अब्बल सावित गर्दै गोल्डेन माईक प्राप्त गरेका थिए । उनीहरु गोल्डेन माईक प्राप्त गर्दै सिधै १२ मा छनोट भएका थिए । उनीहरुले टप ४०, ३०, २०, १५ अनि टप १२ सम्म पुग्दा आफ्ना प्रस्तुति राखेपनि उनीहरु सिधै टप १२ का लागि सेभ भएकाले त्यो प्रस्तुतिले उनीहरुको नतिजामा प्रभाव पार्दैन्थ्यो । 
तर रवी र अस्मितासंग गोल्डन माईक नहँुदा उनीहरुद्वारा प्रस्तुत प्रस्तुतिले उनीहरुको नतिजामा प्रभाव पार्दथ्यो । तर दुवै जनाले आफूलाई अब्बल प्रस्तुत गर्दै जजहरुको मन जिती टप १२ सम्मको यात्रा तय गरे । नेपाल आईडलमा टप १२ पछि मात्रै भोटिंग सुरु भएको हो । त्यसमा पनि ५० प्रतिशत जज र ५० प्रतिशत भोटिंग मिलाएर नतिजा सार्वजनिक गरिन्थ्यो । 


नेपाल आईडलका बिभिन्न ठाउँमा भएका अडिसनबाट ४ जनाले गोल्डेन माईक पाएका थिए । २ जना टप ५ मा पुग्न नपाई बाहिरिए । अब यसमा कसको कमजोरी भन्ने ? हो नेपाल आईडलको फरमेट नि यस्तै छ । कार्यक्रमको फरमेट अनुसार आएको नतिजा सबैले स्वीकार्नु पर्ने हुन्छ । भर्सटायल र गायकिका साथै जजहरुको कमेन्टको आधारमा अन्तिम ४ जना मध्ये बिक्रम र सुमित, अन्य २ जना अस्मिता र रवी भन्दा अलिकति अगाडि देखिन्थिे । तर एउटा कुरा के हो भने, जजहरुको मात्रै मन जित्नु र श्र्रोता अनि दर्शकहरुको मन पनि जित्नु आफैमा फरक कुरा हो । मलाई मन पर्ने मान्छे तपाईलाई पनि मन पर्छ भन्ने ग्यारेन्टी हुदैन । र तपाईले मन पराउनेलाई मेलै पनि मन पराउनु नै पर्छ भन्ने पनि त छैन । 
प्रतियोगिता भर रवी डेन्जर जोनमा नपरिकनै फाइनल पुगेका एक मात्र प्रतियोगी हुन । उनले फाईनल अघि दुई पटक सर्वाधिक भोट प्राप्त गरेका थिए भने १ पटक पर्फमर अफ दि डे घोषित भएका पनि थिए । फाईनलका लागि ४ जनाले नै आफ्ना प्रस्तुति राखेका थिए भने चारै जनाले जजहरुबाट रेस्पेक्ट समेत पाएका थिए । तर दर्शक अनि श्र्रोताहरुले चार जना मध्ये रवीको प्रस्तुतिलाई अत्यधिक मन पराएर भोट गरिदिए । रविलाई कुनै ईतर क्षेत्रको व्यक्तिले मात्रै भोट गरेका छैनन । यदि तेस्तो हुदो हो भने आज अर्कै प्रतिस्पर्धी आईडलको उपाधि चुम्थ्यो होला । देशको सवैभन्दा सानो क्षेत्र सुदूरपश्चिम, जहाँ अझै पनि गाउँमा संचारको सुविधा पुग्न सकेको छैन, त्यस क्षेत्रका जनताको भोटले मात्रै के रवि नेपाल आईडल बन्न सम्भव थियो र ? के उनको गरिबी देखेर मात्रै जनताले भोट गरेका हुन त ? मलाई लाग्दैन, गरिवी र क्षेत्रियताले आइडल बनिन्छ भन्ने । सुदूरपश्चिम भन्दा पूर्वाञ्चल र पश्चिमाञ्चल ठूला क्षेत्र पनि हुन र विकसित पनि ।  
गरिबी र क्षेत्रीयताको कुरा मिथ्या आरोप मात्रै हो जस्तो लाग्छ मलाई त । यदि रवीमा कुनै पनि कला प्रतिभा नहुदो हो भने उनलाई कसैले पनि भोट गर्दैनथे होला । र रवी प्रतिभा बिनै आईडल जित्दैनथे होला । 


रवीले आफैले आफैलाई भोट गरेर जितेका पनि होईन्न, तपाई हामीले उनलाई भोट गरेर जिताएका हौ । हामीले सत्य कहिल्यै बिर्सनु हुदैन, हर कोहिपनि बराबर हुदैनन् । परिक्षामा कोहि न कोहि पहिलो हुन्छ, सबै जना पहिलो भएको उदारहण छैन । यस अघि पनि देशका विभिन्न ठाउँमा सम्पन्न भएका सिगिंग रियालिटी सोका बिजेताह संग पनि रवीलाई दाँज्न मिल्दैन । सिंगिग रियालिटी सो को उपाधि जितेका केहि व्यक्तिहरु सांगितिक क्षेत्रमा गुमनाम भए भन्दैमा रवीले पनि नेपाली सांगितक क्षेत्रमा केहि गर्न सक्दैनन भन्नु पनि गलत हो । समय परिवर्तनशिल भएका कारणले कसैको अहिलेको वर्तमान परिस्थितिलाई हेरेर उसको भविष्यको स्थितिलाई आँकलन गर्न सकिदैन । यदि यस्तो हुदो हो भने एउटा रत्नाकार डाँकु बाल्मिकी सायदै बन्थे होलान । त्यति टाढासम्म पनि किन जानु, हाम्रा लागि त रवी नै एउटा उदारहण हो नि । कसले सोचेको थियो र, एउटा झुपडीको दियो संसारभर चम्किन्छ भन्ने । समिक्षा र टिकाटिप्पणी गर्नु छ भन्दैमा नकारात्मक र कमजोरीको कोणबाट मात्रै हेरिनुपर्छ भन्ने छैन, संम्भावनाको दृष्टिकोणबाट पनि हेरिनुपर्दछ । 
आईडलको फाईनलमा पुगेका ४ जना नै आ आफ्नो कोण वाट अब्बल थिए, छन र हुनेछन पनि । चारै जनालाई सांगितिक जिवनको शुभकाना संगै अब तपाई नै भन्नुहोस,
के रवी ओड नेपाल आईडल बन्न लाएकै होईनन ? के एपी वना टेलिभिजनले यो फ्रेन्चाईजी सो नेपालमा भित्र्याएर गल्ति गरेकै हो ? 
उत्तर तपाईकै जिम्मामा छोड्दै यत्ति मात्रै भन्छु, सोच बदलौ, जिन्दगी बदलौ । धन्यवाद ।