विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

SITENAME

भीमदत्तनगर, १० पुस ।
कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । 

प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा विष्टको राजीनामा समेत माग गर्नुभयो । “प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप नियुक्ति दिए”, उहाँले भन्नुभयो । प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यकपर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ । 

विभिन्न विद्यार्थी सङ्गठन आन्दोलनमा रहेका बेला प्राध्यापक सङ्घले उक्त विषयलाई लिएर सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संयोजक पाठकका अनुसार सङ्घका ८० प्राध्यापक आन्दोलनमा छन् । “विनासूचना, विनापरीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्ने काम भएको छ,” उहाँले भन्नुभयो । 

क्याम्पस प्रमुख डा विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासङ्गत ढङ्गबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस
SITENAME

बैतडीका शिक्षा प्रमुख अवस्थीद्धारा अपाङगता भएका बालिकालाई घरमै पढाउने व्यवस्था

त्रिप्ति शाहि, बैतडि, २८ पुष । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौका पूर्णबहादुर बोहराका अपांगता भएका दुईछोरीको पठनपाठनका लागि घरमै

SITENAME

दुर्गमका विद्यालय – वर्षमा दुई महिना मात्रै पढाइ

बझाङ, २८ पुष । साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर

अमेरिका बस्ने जोशीले राष्ट्रिय माविलाई दिए ७० लाख रुपैयाँ

धनगढी, १९ पुस । अमेरिकाको पश्चिम भर्जिनियाको फायरमाउण्ट निवासी प्रा.डा. तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित श्री राष्ट्रिय