Close This

‘बैश केकर लाग हो’ को म्युजिक भिडियो छायाङ्कन

मंगलबार पौष १०, २०७५/ Tuesday 12-25-18
Paschim Today

धनगढी, १० मंसिर । थारु भाषाको ‘बैश केकर लाग हो’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । 
    प्रदेश नम्बर ५ को सुर्खेतस्थित थारु होमस्टे, भेरी पुल र बर्दियाको बढैया ताल क्षेत्रमा उक्त म्युजिक भिडियो छायांकन गरिएको हो । म्युजिक भिडियोमा बर्दियाका युवा कलाकार विवश चौधरी र बाँकेकी श्रीदेवी चौधरीको मुख्य अभिनय रहेको छ । बैजनाथ गाउँपालिका–७ केदारीकी श्रीदेवी ‘चवन्नी मुश्की मारके रे’ बोलको गीतमा अभिनयपछि दोस्रो पटक ‘बैश केकर लाग हो’ मा आफ्नो प्रस्तुति दिएकी छिन् । चवन्नी मुश्कीमा उनको अभिनय दमदार रहेको थियो । पछिल्लो गीतमा उनले ‘कल्चरल’ र ‘क्लाशिकल’ नृत्य गरेकी छिन् । 
    गायनसंगै श्रीदेवीले अभिनय पनि गर्दै आएकी छिन् । ‘वैश केकर लाग हो’ बोलको गीतमा शब्द/संगित लक्ष्मण चौधरीको रहेको छ । श्रीदेवी र लक्ष्मणले स्वर भरेका छन् । म्युजिक भिडियोको छायांकन सीएस फिल्म्स् धनगढीका सतिश सिन्हाले गरे । नृत्य निर्देशन सुधराम दहितको रहेको छ । एक हप्ताभित्रै म्युजिक भिडियो रिलिज हुने कलाकार श्रीदेवी चौधरीले जानकारी दिइन् ।