Close This

गोठमा संचालन हुँदै स्वास्थ्य चौकी    

शुक्रबार पौष १३, २०७५/ Friday 12-28-18
Paschim Today

बाजुरा, १३ पुष ।
बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्य चौकीको भवन नहुँदा गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । 
नयाँ भवन निर्माण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्य चौकी गोठमै सञ्चालन हुँदै आएको हो । ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ । 
पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नु पर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासोे छ । अहिले स्पास्थ्य चौकीमा मौसमी बिरामीको चाप बढिरहेको छ । 
‘स्वास्थ्यचौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ ।’ अहेव सरिता चौधरीले भनिन् । स्वास्थ्य चौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत गाह्रो भएकोे व्यवस्थापक मानबहादुर बिकले बताए । 
गोठलाई जति सफा गरे पनि माथिबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अफ्ठेरो ठाउँ भए पनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ छ । उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ ।