Close This

माया मेट्रो अस्पतालमा घाँटीको क्यान्सरको सफल सल्यकृया

शनिबार पौष १४, २०७५/ Saturday 12-29-18
Paschim Today

धनगढी, १४ पौष । 
धनगढीमा संचालनमा रहेको माया मेट्रो अस्पतालमा घाँटीको क्यान्सरको जटील सल्यकृया सफलता पुर्वक सम्पन्न गरेको छ । अस्पताका अनुसार २१ वर्षिय युवाको घाँटीको क्यान्सरको अति जटिल सल्यकृया सफलताका साथ सम्पन्न गरिएको छ ।

युवाको घाँटीको भित्री भागमा रहको करिब साढे दश सेन्टीमिटरको टयुमर क्यान्सर शल्यकृया गरेर निकालिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका बरिष्ट नाक, कान, घाँटी तथा हेड एण्ड नेक विशेषज्ञ डा। डि।आर। कँडेलले अति नै जटिल मानिने उक्त प्रकारको शल्यकृया गर्न आफ्नो टिम सफल भएको बताए ।

यस भन्दा अगाडी यस्तो प्रकारको शल्यकृयाका लागि अन्यत्र जानुको विकल्प नरहेको उनले बताए । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले छोटो समयमा नै अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्दै लगेको जानकारी दिदै भविष्यमा सम्पुर्ण स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध गराउने लक्ष्य लिएको बताए ।