आँखाको समस्या बढ्दो

SITENAME

बैतडी, १६ पुष ।
पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । 
    आर्थिक वर्र्ष २०७३÷७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रमा दुई हजार २८ जनाले अाँखाका विभिन्न रोगको उपचार गराएका छन् । पाटनमा उपचार गराउनेमा ९५२ महिला छन् भने ७६५ पुरुष रहेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन् । 
    यता गोठलापानीमा उपचार गराउनेमा एक हजार २३४ पुरुष छन् भने ७९४ महिला रहेका गोठलापानीका नेत्र सहायक विनोद कुवँरले जानकारी दिए । आर्थिक वर्ष २०७४÷७५ मा पाटनबाट दुई हजार ४२८ जना आँखाका बिरामीले सेवा लिएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रबाट दुई हजार ९३४ जनाले आँखाको उपचार गराएका छन् । 
यसमा पाटनमा उपचार गराउने एक हजार ३०४ महिला रहेका छन् भने एक हजार १२४ पुरुष रहेका छन् । भने गोठलापानीमा उपचार गराउनेमा एक हहजार ६८७ पुरुष छन् भने एक हजार २४४ महिला रहेका छन् । 
चालू आर्थिक वर्षको हालसम्म पाटन आँखा उपचार केन्द्रमा ८८१ जनाले उपचार गराएका छन् । गोठलापानी आँखा उपचार केन्द्रमा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म एक हजार २२ जना आखाँका बिरामीले सेवा लिएका छन् । 
पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदूषण, धूलो धुवाँको कारणले आँखाका बिरामीको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताएका छन् । गा्रमीण भेगका महिला धुवाँमा धेरै समय बिताउनुपर्ने भएकाले पनि महिलामा आँखाको समस्या धेरै हुने गरेको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको भनाइ छ ।  
आँखाको समस्याबाट बच्न गर्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाइ गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न सुझाव रहेको छ । रासस

 

प्रतिकृया दिनुहोस
SITENAME

औलो प्रभावित क्षेत्रमा झुल वितरण गरिने

बाजुरा, ६ माघ ।  बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रूपमा औलोको

SITENAME

मझरामा निशुल्क स्वास्थ्य शिविर

धनगढी, ६ माघ । रोटरी क्लब अफ धनगढीले कैलालीको कैलारी गाउँपालिकाको मझरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ग्रामीण क्षेत्रका जनताको

SITENAME

कुकुरलाई रेविजविरुद्धको खोप 

कन्चनपुर, ५ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ । रेविज