Close This

कैलाली उद्योग वाणिज्य संघः रिथि, वेथिती, थिती

कै.उ.वा.सं.को अहिलेको अवस्थाको ’नजिर र दोषि’ भनेका कोही नभई स्वयम् लोभ–लालच भएका व्यापारीहरु हुन । ’थिती“को जग त त्यहानिर भत्कियो जव राजनितिक, आर्थिक र  सामाजिक परिस्थितीहरुको मजाक उडाई तिनिहरुको प्रयोगलाई  क्षणिक स्वार्थमा निहित पारियो । संस्थाको यो वेथि

सोमबार पौष १६, २०७५/ Monday 12-31-18
Paschim Today

कै.उ.वा.सं.को अहिलेको अवस्थाको ’नजिर र दोषि’ भनेका कोही नभई स्वयम् लोभ–लालच भएका व्यापारीहरु हुन । ’थिती“को जग त त्यहानिर भत्कियो जव राजनितिक, आर्थिक र  सामाजिक परिस्थितीहरुको मजाक उडाई तिनिहरुको प्रयोगलाई  क्षणिक स्वार्थमा निहित पारियो । संस्थाको यो वेथिती देखेर लाग्छ संस्थाको भलो गर्न चाहने आत्मा कतै पिचास बनेर हामीलाई तर्साउँदै , धिकार्दै त छैनन ्? 
’झ्वालो हुनुु, ’भूत–प्रेत लाग्नुु, ’चोखा लाग्नुु, ’सातो जानुु व्यक्तिमा देखिने नराम्रो शक्तिका सुचक मानिन्छ । विज्ञान र प्रविधिले जति सुकै उथल पुथल गरतोपनि गाऊ घर होस वा शहर बजार, मानिसहरुमा यी शब्दावलीहरुको प्रयोग साँझ विहान जस्तै हुने गर्दछन । झ्वालो÷चोखा नलागोस भनेर मानिसहरु कम्मरमा हसिया वेरेर वा निधारमा कालो  टिका लगाएर निस्किने गर्नछन् । र त्यसको उपचार खुसार्नी र सर्सीको दानालाई पोलेर देवाटोमा फाल्ने हो । चोखा लागेमा पैसालाई हरियो पातमा बेरेर ’उचाइन’ हाल्ने गरिन्छ । ’सातो’ गएमा भने लोटामा पनि हालेर शरिरमा छर्किने वा पानी पोख्ने चलन रहिआएको छ । ’पिचाश’ चाही इतिहासको कालखण्डमा मेरर गएका कोही रुष्ट व्यक्तिहरुको आत्माले दिने दुःख होस दुखित आत्मा हो । चाहे जे होस एउटा कुरा त के प्रष्ट छ भने यी शब्दवलीहरुको केन्द्र भनेको ’आत्मा“ हो । 
यो दृष्टव्य पछि यो स्वाभाविक हो कि कसरी माथिको पृष्ठभूमि र प्रसंग कैलाली उद्योग वाणिज्य संघ (कै.उ.वा.स.) संग मेल खान गयो त ? यो कुरालाई प्रष्ट्याउन बौद्धिक रुपमा संस्थाको पनि आत्मा हुन्छस यो निर्जिव होइन ’सजिव’ हो भनि बुझ्न तिर लगौँ विशेषत मेरो लेखाइको जोड कै.उ.वा.स. अभिभावक मुलक संस्था (रिथी), संस्था को एक दशक भित्र खस्किएको स्थिती (वेथिती) र संस्थाको ’नवजारण“ मा लाग्नु पर्ने जोड (थिती ।
 रिथी 
आफू भन्दा ठुला वडालाई जातिय र आर्थिक हिसावाट ’तल्लो’ वर्ग भनिएका मानिसहरु विचको सम्मान जनक सम्बन्धको सुदूरपश्चिमका पहाडिया भागमा ’रिथी’ भन्ने गरिन्छ । यो शब्दको गहिराई बुझ्ने हो भने ’रिथी’ एउटा अभिभावकलाई उसले पालनपोषण तथा समस्या समाधानमा पु¥याएको भूमिकालाई गरिएको सम्मान पूर्ण वाचन हो । यो शब्दलाई कै.उ.वा.स. र उद्यमी व्यवसायीहरुको सम्बन्धमा प्रयोग गर्न अझै उचित लाग्यो । 
अहिलेको समाज पूर्विय र पश्चिमी संस्कृतिका ुऋयअपतबष्ुि तथा ुःयअपतबष्ुि जे भने नि हुन्छ, तर मात्र पुर्वीय वा मात्र पश्चिमी संस्कृतिले सु–सज्जीत भने पक्कै छैनन् । त्यहि समाजको नितीले उत्वादन गरेको कलियुगकै शक्तिशालि भनिने ’संगठनात्मक विकास“ हो । हुन त यो कुुरा परापुर्व काल देखिनै भनिएको लेखिएको थियो तर यसका एगचखभथयच भने त्जयmबक ज्यददभक, भ्लनबिलम हुन । उनले समाज संगठनात्मक हिसावले अघि बढुनु पर्छ भनि ’सामाजिक सम्झौता सिद्धात“ ९क्यअष्ब िऋयलतचबअत त्जभयचथ० को प्रतिवादन गरि समाजलाई नितीगत रुपमा अघि बढाउन मद्दत गरे । त्यसैमा आधारित रहि सन् १५९९ देखिनै फ्रान्सबाट व्यापारिक वर्गको ’रिथी“ बनि उद्योग वाणिज्य संघको परिकल्पना संगठनात्मक भई विश्वभर फैलिदै आयो । नेपालमा उद्योग वाणिज्य महासंघले स्न १९६५ मा जन्मलियो र हाम्रो कै.उ.वा.सं.ले स्न १९७० देखि आफ्नो रिथीको यात्रा सुरु गरी व्यापार तथा उद्यमीको इच्छा आकांक्षाको नितित्त हकहितमा आफ्नो पाँचौ दशक गुजारिरहेको छ । नेपाल सरकारको सामाजिक संस्थाको एैन तथा नियमानुसार ’विद्यान“ बोकेको संस्था–जनशक्ति, स्थान, पद्वती र पूजीको लागतमा गठित ’गैरनाफामुलक“ सजिव वस्तु हो । यसको केन्द्रमा जनशक्ति रहन्छ । जनले स्वास फेरेझै र जनको आत्मा भएझै जनशक्तिकै प्रतिविम्व यसमा निहित हुन्छ । 
संस्था, व्यवसायीहरुको विचार, सपना, एकता र अठोटमा आर्जेको एक ’सेवा“ हो । हामीले विर्सनै नहुने कै.उ.वा.सं.का गुणहरु मध्येः ’सुन्दर सुदूर पश्चिम’ को लागि भएका सर्घष, यस क्षेत्रका उद्यमी व्यवसायी चिनाउन सन २००६ देखी थालिएको ’महोत्सवु,  समग्रमा कै.उ.वा.सं.लाई देशकै उत्तम वनाउने कार्यसूची आफैमा सवैका गर्वका विषयहरु हुन । विडम्वना, आजको मितिमा सबैका सामु यो दृष्य आश्चार्य छ की कै.उ.वा.सं.को त्यो गरिमा कोले ? कसरी ? कहिले ? र कहाँ ? गुमायो  र त्यो कसरी, कहिले कसले र कहाँबाट नवजागरण हुुन्छ वा हुदैन ?
वेथिती 
जति सुकै जे भएनी, ’ज्ञान र सुचना“ नै परिस्थितीका अनुयानी हुनस् २१ औँ शताब्दीका सर्व श्रेष्ठ गुण हुन । हिजो प्रयोग हुने ’रिथी’ शब्द आज लोप हुन लागेझै कै.उ.वा.सं.र व्यापारी विचको सम्बन्ध पनि छताछुल्ल भई रहेको प्रंसग हामि माझैै छन । हिजो नेपालकै उत्कृष्ट कै.उ.वा.सं.बाट आजको दयनिय अवस्था सम्मको सफरमा, माथि सोधिएका अनुत्तरीत प्रश्नको उत्तर सायदै संस्थामा इतिहास विताएर ’फूई’ लाउनेहरुसँग होला तर मेरो विचारमा संस्थामा भित्रीएको वेथिती बुझ्न दुईवटा दृष्टिकोणबाट हेर्न जरुरी छ र त्यसकै बुझाईमा ’थिती’ निस्किन्छ ः 
पहिलो परिस्थितीको बुझाई र त्यसबाट आर्जेको भोगाईको वास्तविक प्रयोग हो । एक दशक अघिको परिस्थिति र वर्तमान परिपेक्ष्य विचको सन्तुलन विग्रनु भनेको संस्था परिर्वतनशिल नहुनु हो । दोस्रो दृष्टिकोण संस्थालाई व्यक्ति सरह ’सजिव’ मानि त्यसका पनि इच्छा आकांक्षा हुनसे त्यस माथि पनि आँखा लाग्नेस झ्वालो, चोखा, भूत–प्रेत लाग्ने, पिचास लाग्ने, सातो जाने हुदो रहेछ भन्ने बुझ्नु पर्दछ । 
सधै चलायमान मध्यका राजनितीक, सामाजिक, आर्थिक, संस्कृतिक, शैक्षिक र प्राविधीक परिस्थितीहरु हुन । विगत एक दशक देखि वर्तमान सम्मका ति परिस्थितीहरुको चित्रण र वर्णन संस्थामा अपरिहार्य हुन्छ । म सबै अध्ययनकर्तालाई एक दशक अघि र वर्तमान परिस्थितीलाई मनन गर्दै, सोच्दै तुलना गर्न अनुरोध गर्दछु । हरेक पक्षसँग विचार हुन्छ, जुन परिवर्तनकारी हुन्छ । राजनितीक रुपमा भएको परिवर्तनले कै.उ.वा.सं.को झ्वालो, भूत–प्रेत, चोखा लाग्ने सरह, अझ भन्नुहोस सातो नै खाइदियो । राजनितिक विचारले संस्थामा पार्टिगत गुठ– उपगुठको जग बसाल्यो । 
प्रत्यक्ष रुपमा नभए पनि अप्रत्यक्ष रुपमा त्यसले संस्थाको विधि विगारी राजनितीक चाकरीको कु–संस्कृती बसालि सकेको छ । यसरी गैरनाफामुलक संस्थामा हुने राजनितिक भाग– भण्डाले कहिल्यै कुनै देशमा प्रगति नगरेका उदाहरण त हाम्रै माझ छन् । हो नव राजनितिक घटनाले ’प्रजातन्त्र, लोकतन्त्र, स्वतन्त्रता“ मा जोड दियो तर विडम्वना ’लाटा–गाडा“हरुले त्यो स्वतन्त्रताको अपव्याख्या गरी त्यसको गलत प्रयोग गरे । उदाहरण चुनावी प्रक्रियामा रहेको पद्दती विरोधीस विधि विरोधी कार्य हो । हिजो ’व्यापारीहरुको अभिभावक“ को सज्ञा पाएको कै.उ.वा.सं. को जमानी का आधारमा उद्यमी व्यवसायी हरुले सरकारी कार्यालय 
(वाणिज्य, घरेलु, पान) बाट मान्यता पाउने ग¥थ्यो । त्यो एक किसिमको संघको उचाइप्रतिको आदर सम्मान थियोस विश्वास थियो । कै.उ.वा.सं.को अहिलेको अवस्थाको ’नजिर र दोषि“ भनेका कोही नभई स्वयम् लोभ–लालच भएका व्यापारीहरु हुन । आज एउटा प्यानको चुनावको खर्च करोडौँ पुग्छ, कसरी ? 
आज सम्मपनि संस्थामा सदस्यता लिन र नविकरण गर्न लोभ मानि वर्षको रु. पाँच सयका दरले तिन वर्षको रु. पन्ध्र सय होस वा नयाँ दर्तामा लाग्ने रु. दुई हजार पचपन्न दुवैमा आफू र आफ्नो मताधिकारलाई वेचेका तिनै व्यापारिगण संस्थाले केही गर्दिएन, हाम्रो समस्या सुल्झाइ दिएन भन्दै तात्दै, उफ्रदै, संस्था विगठनको विगुल फूक्न पछि परेका छैनन् । ’थिती“को जग त त्यहानिर भत्कियो जव राजनितिक, आर्थिक र  सामाजिक परिस्थिती हरुको मजाक उडाई तिनिहरुको प्रयोगलाई  क्षणिक स्वार्थमा निहित पारियो । संस्थाको यो वेथिती देखेर लाग्छ संस्थाको भलो गर्न चाहने आत्मा कतै पिचास बनेर हामीलाई तर्साउँदै, धिकार्दै त छैनन् ? 
प्रश्न उठ्छ होला, की व्यापारीहरुले पहिले आफ्नो मताधिकार बेचेकि, संस्थाले पहिले राम्रो काम गर्न छोड्यो ? त्यसको उत्तर कै.उ.वा.सं.ले गर्ने उदाहरणिय कामहरुको चर्चा कहाँबाट सुरु हुन्छ र कहाँ, कोसँग आएर अन्त्य हुन्छ भन्ने नै हो । नैतिक र आर्थिक परिस्थितीले ’लोभ’ नामक भूत–प्रेत सल्कायो अनि फेरी तिनै भ्रष्ट उद्यमी व्यापारीहरुको चर्को स्वरले कै.उ.वा.सं.को ’सातो’ लाग्यो । अनि आउँछन् ति महाविद्वान जो संस्थाको वेथितीका मनज्ञ्य हिस्सेदार हुन । संस्थाको विधानमा टेकेर गरिएको सदस्यताको व्याख्याले चुनावि राजनितीबाट वास्तविक व्यापारिहरुलाई मुर्ख बनाई संस्थालाई नै ’चोखा’ लगायो ।
’उद्यमी व्यापारिहरुले जस्तो प्रतिनिधि संस्थामा पठायो, त्यस्तै प्रतिविम्व संस्थामा झल्कीने हो“ भन्ने कुरा विर्सिनु नै संस्थाको वेथितीको कारक हो । संस्थामा दुरगामि सोच भएकाहरुको सहभागिता, बौद्धिक वर्गको कमि अर्को वेथितीका भागेदार हुन । कै.उ.वा.सं.ले पाउनु पर्ने नेतृत्व आज भन्दा आठ महिना अघि नै थियो, अर्थात ५ मे. २०१८ । एक दशक अगाडी देखि अहिले सम्मका यिनै राजनितिक, नैतिक, आर्थिक, सामाजिक, प्राविधिक परिवर्तनहरु लाई आत्मसाथ गर्न नसक्नुु नै संस्थाको क्षमतामा दाग लगाउने वेथितीका पात्र हुन । झ्वालो, पिचास, भूत–प्रेत आदि लाग्ने यिनै वेथितीका सर्जक 
हुन । संस्थालाई देशको दुर्घन्दित हावाले छोयो, त्यसको सफाइमा लागेर नवजागरणमा चल्नु पर्ने आँट कसैमा रहेनेस यद्यपि त्यो अठोट हुनेहरुको छाटकाट गरी पिचास बनाइयो र पो आज पनि भोट किन्न जरुरी हुदैछ । 
थिती 
प्रतिनिधिको खुवी, क्षमता र योग्यता नै संस्थामा झल्किने प्रतिविम्ब हो । जनशक्ति चले संस्था चल्छस हुर्कन्छ । कै.उ.वा.सं.को ’थिती’ ल्याउने बारे बहस गर्ने हो भने वेथितीका कारक बुझे पुग्छ । अवको बाटो भनेको संस्थाको जिवन पद्दती बुझ्न्ु पर्ने हो । वेथितीबाट थिती सम्म पुग्न परिष्ठ अर्थशास्त्री प्राध्यापक डा. अचुत वाग्लेले भने जस्तै दुईवटा चक्रमा ध्यान दिन जरुरी हुन्छ । पहिलो विधि चक्र र दोस्रो समृद्धि चक्र । विधि चक्रमा कै.उ.वा.सं.लाई संस्थाकै रुपमा स्थापीत गर्न त्यसमा हुनुपर्ने नियम कानुन, विधान, विचार, पद्दति, सुशासन, विनम्रता, पारदिर्शिता, नैतिकता र व्यवस्थाकिय पक्षहरुको एकरुकता पर्दछन् । यसको जगमा लोकतान्त्रीक पद्दतीमा हुने चुनावी प्रकरण र त्यसबाट जन्मिएको कार्यसमिति तथा प्रतिनिधि पर्दछन । यसले नैतिकता पूर्वक संस्थाको संरचना हुनु पर्नेमा जोड दिन्छ । 
विधी चक्रले प्रभावकारी र योग्य प्रतिनिधि नै संस्थाको समृद्धिको सारथी हुन भन्ने भाव प्रदान गर्दछ । विधिवत र सैद्धान्तिक गुणी व्यक्तिलाई चुनावमा जिताउनु नै संस्था सुधार्ने मौका हो, जुन कुरा कै.उ.वा.सं.का लागि अपरिहार्य छ । यस मानेमा संस्थाले पाउने नवजागरण यसै विधि चक्रमा निहित छ । संस्था नवजागरण आजको प्रमुख काम हो, जुन आजका दिन सम्म भएकै छैन । जव सबै व्यापारिहरुले आफ्नो स्वभिमान राख्दै संस्थाको सदस्यता ग्रहण गर्दछन्स जव चार दशकदेखि अचलायमान संस्थाको विधान संशोधन हुन्छ, तव कै.उ.वा.सं.को विधी चक्र बलियो हुँदै गएको सुचाङ्कन गर्न सकिन्छ । 
विधि चक्रमा प्रष्ट नभईकन संस्थाले समृद्धि दिनै सक्दैन । त्यसैको परिणाम हो आजको संस्थाको नेतृत्व विहिन स्थिती र व्यापारिहरुका चुलिएका समस्या । समृद्धि चक्रमा हामी व्यावसायिक हक हितका मुद्दामा छलफल गर्छौँ । के काम गरे के हुुन्छ भन्ने कुरामा प्रष्ट हुुन्छौ । सम्बृद्धिका बाहक त्यस्तो कार्यसूची, दृष्टीकोण, लक्ष्य, रणनिती र सुचाङ्क निर्माण तिर यो चक्रमा लाग्ने गरिन्छ ।
मुलतह, व्यावसायिक भ्अयकथकतझ लाई सम्बृद्धि चक्रले ओगटेको हुन्छ । यस पद्धतिको केन्द्र विन्दुमा व्यावसायि हुन्छ । आफ्नो व्यतिगत स्वार्थ वोकेर संस्था भित्र छिरेर उध्रम मच्चाउनु भन्दा व्यावसायिक मुद्दा र सम्बृद्धिको दृष्टिकोण र परिकल्पनाको लक्ष्य बोकेर हिडे  थिती सम्भव छ । सम्बृद्धि ल्याउन एक वा दुई होइन पुरै व्यवसायिक भ्अयकथकतझ नै झ्वालो, भूत–प्रेत पिचास मुक्त हुनु पर्दछ । संस्थालाई दिने निकास भनेकै विधिचक्र र सम्वृद्धि चक्रलाई बलियो पार्ने आधार हुन । संस्थालाई लागेको झ्वालो, भूत–प्रेत, चोखा पिचास र गएको सातो फिर्ता गराउन इतिहासले समय समयमा धामी झाक्रि पठाएकै हुन्छ । व्यवसायिक समस्याहरु चुलिएका बेला कै.उ.वा.सं.को सातो ल्याउन संस्था भित्र स्वच्छ सवल बौद्धिक, प्रभावकारी र योग्य जनशक्तिले व्यापारिका मतलाई यहि पौष २८ मा कुरिहरेका छन । यस नवजावगरणको अभियानमा समयले दिएको जिम्मेवारीलाई इतिहासको दोष होइन सुनौला पानामा लेख्न उद्यमी व्यवसायी तयार हुनुपर्छस नकि कालखण्डमा धिक्कारी रहुन । अव उपचारमा हसिया कम्मरमा वेर्ने की, लोटाबाट पानी खन्याउने की, कालो टिका लगाउने त्यो पाटो एक हदसम्म धामी झाक्रीले प्रष्ट पारिदिएका छन् ।