Close This

रेशम चौधरी आज शपथ ग्रहण गर्दै 

बिहीबार पौष १९, २०७५/ Thursday 01-03-19
Paschim Today

धनगढी, १९ पुस । कैलाली क्षेत्र नम्बर १ बाट अत्यधिक मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् रेशम चौधरी आज शपथ ग्रहण गर्दैछन् । 
    उनलाई सभामुखको कार्यकक्षमा साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । टीकापुर घटनाको अभियोग लागेका रेशम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेको एक वर्षपछि शपथ ग्रहण गर्न लागेका हुन । टीकापुर घटनापछि भारतमा बसेका उनी प्रतिनिधि सभा सदस्यमा बहुमतका साथ विजयी भएका थिए ।