Close This

फूलबारीमा सशस्त्र प्रहरी गणको उद्घाटन 

शनिबार पौष २१, २०७५/ Saturday 01-05-19
Paschim Today

धनगढी, २१ पुष । 
सशस्त्र प्रहरी बल नेपाल बीओपीको फूलबारी नम्बर ३४ नम्बर गण हेडक्वाटर अन्तरगत बिओपिको शुक्रबार उद्घाटन गरिएको छ । 
सुदूरपश्चिम सशस्त्र प्रहरी प्रमुख डिआईजी नागेन्द्र थापा र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ नम्बर गण हेडक्वाटरको बीओपी फूलबारी उद्घाटन गर्दै सशस्त्र प्रहरीको सक्रियताले चोरी निकासी केहि हदसम्म नियन्त्रण गर्न सकिएको डिआईजी थापाले बताए  । ‘हामी सक्रियताका साथ लागेका छौं डिआईजी थापाले भने, स्थानीयको सहयोग बिना सीमामा हुने अपराध रोक्न सकिदैन ।’ उनले आफूहरु बर्दी लगाएको सशस्त्र प्रहरी भएपनि नागरिकहरु बर्दी नलगाएको प्रहरी भएको बताए ।
नगरप्रमुख वडले अबैध चोरी निकासी तथा सीमामा हुने अपराध नियन्त्रणमा अब सहयोग पुग्ने बताए । ‘सीमामा हुने अपराधिक गतिविधिहरु कडाईका साथ नियन्त्रण गर्नु तपाईहरु लाग्नुहोस’ नगरप्रमुख वडले भने, यसमा स्थानीय सरकार रचनात्मक सहयोग गर्न तयार छ ।’ 
पछिल्लो समयमा कैलालीमा लागु औषधको दुब्र्यसन गर्नेहरुको संख्या बढेको भन्दै सबैतिर चिन्ता ब्यक्त हुने गरेको छ । फूलबारी क्षेत्रमा सशस्त्र प्रहरी गण स्थापना भएसंगै यसले सिमामा हुने अपराध रोकिने आशा गरिएको छ ।