Close This

भन्सार छलेर ल्याउदै गरेको २ लाख १४ हजार बराबरको सामान बरामद

आइतबार पौष २२, २०७५/ Sunday 01-06-19
Paschim Today

धनगढी, २२ पुष । 
कैलालीको धनगढी उपमहानगरपालिकाको बग्राकटानबाट भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बग्राकटानबाट भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार शुरक्षा कैलाली ५३ नम्बर गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक जय बहादुर महराको नेत्रित्वमा खटिएको टोलिले भारतबाट भन्सार छलेर नेपाल भित्राउदै गरेको अबस्थामा २ लाख १४ हजार बराबरको हार्डवयरको सामान बरामद गरेको हो ।

पक्राउ गरेको सामान आवश्यक कारवाहिका लागि कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार शुरक्षा कैलाली ५३ नम्बर गुल्मका गुल्म पति सशस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर चन्दले जानकारी दीनु भयो ।