सांसद् रेशम चौधरी थुनामै रहने

सोमबार पौष २३, २०७५/ Monday 01-07-19
Paschim Today

काडठमाण्डौं, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।
आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने कैलाली जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।
तर, सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।