Close This

सुदूरपश्चिम खप्तड गोल्डकप शुरु

आयोजक आफ्नै मैदानमा काकरभिट्टासंग स्तब्ध

बुधबार पौष २५, २०७५/ Wednesday 01-09-19
Paschim Today

धनगढी, २५ पुष । 
नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मेची नेत्रालयल काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले सुखद् सुरुवात गरेको छ । 
    कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको खप्तड गोल्डकपमा घरेलु टोली सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई रोक्दै काकरभिट्टा अगाडि बढेको हो । उसले आयोजक टिमलाई घरेलु समर्थककाबीच ‘सडन डेथ’ मा पराजित ग¥यो । घरेलु टोलीको यात्रामा उद्घाटन खेलबाटै विराम लागेको छ । 
    निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि काकरभिट्टाले सडन डेथमा आयोजकलाई ७–६ गोल अन्तरले स्तब्ध पारेको हो । सडन डेथमा लावल ओलाकानको प्रहार अकाशिएपछि काक्करभिट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई गोल रक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरपश्चिमलाई जित दर्ता गर्नबाट बाधक बने । दीपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि गोल हुनबाट बचाउ गरे । सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे । काकरभिट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । काकरभिट्टाका कप्तान खामिर गिल्सान लिम्बू र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन । खेलमा उत्कृष्ट बचाव गरेका कारण काकरभिट्टाका गोल रक्षक दीप कार्की म्यान अफ द म्याच घोषित नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
यसअघि, खेलमा पाएको पर्याप्त अवसरलाई गोलमा परिणत गर्न नसकेका कारण घरेलु टोली आफ्नै मैदानमा स्तब्ध भएको हो । पहिलो हाफमा विपक्षीलाई पूरै दबावमा राखेको सुदूरपश्चिम–११ ले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । पहिलो हाफमा काकरभिट्टाका विदेशी खेलाडी इकेनेले सुदूरपश्चिमको विनोद केसीलाई डी एरिया नजिक लडाउँदा घरेलु टोलीलाई गोल गर्ने सुनौलो अवसर प्राप्त भएको थियो । तर, विदेशी खेलाडी लावलको प्रहार गोल पोष्ट नजिकैबाट बाहिर गयो । त्यसपछि आयोजकका जीवन चौधरीले काकरभिट्टका गोल रक्षक दीप कार्कीसंगको वान भर्सेस वान भेटमा पनि गोल गर्नबाट चुके । उनको प्रहारले गोल पोष्टतर्फ दिशा लिन सकेन ।  
    पहिलो हाफमै आयोजकका विदेशी खेलाडी अब्दुल रहमानले पनि गोल गर्ने सुनौलो मौका पाएर खेर फाले । उनको प्रहारले गोलपोष्ट चुम्न सकेन । 
    खेलको उत्तरार्धमा काकरभिट्टाले सुधारात्मक प्रदर्शन ग¥यो । गोल गर्ने केहि मौका पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन । यसैगरी, दोस्रो हाफमै आयोजकका अब्दुल रहमानको प्रहार गोल पोष्टतर्फ दिशा लिन सकेन । भने, विनोद केसीको प्रहारलाई कारकरभिट्टाका गोल रक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । सुदूरपश्चिमले खेल अवधिभरी गोल गर्ने थुप्रै पाएको अवसरलाई गुमायो । काकरभिट्टाले भने थोरै अवसर पाएको थियो । 
विजेता टोली काकरभिट्टाले अब पुष २८ गते एपीएफको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार नेपाल पुलिस क्लबले मोरङ–११ को सामना गर्ने आयोजक सुदूरपश्चिम स्पोर्टस् क्लबले जानकारी दिएको छ । 
‘खेलाडीको भूमिका महत्वपूर्ण’
यसअघि, उक्त प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । सो अवसरमा उनले यो प्रदेशलाई चिनाउनका लागि खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण योजनाको रुपमा अगाडि बढाएको उल्लेख गर्दै उनले भने–‘सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि पनि खेल र खेलाडीको भूमिका अहम हुन्छ ।’
मुख्यमन्त्री भट्टले कुनै पनि खेल समाज, स्वास्थ्य र राष्ट्रसंग सम्बन्धित रहेको बताए । ‘खेलाडीले आफूलाई मात्रै चिनाउँदैन’, उनले भने–‘राष्ट्र र समाजलाई पनि चिनाउँछ ।’ उनले खेल र खेलाडी आर्थिक विकास, पर्यटन विकास उजागर गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताए । 
प्रदेशको विकासका लागि खेल क्षेत्रलाई प्रदेश सरकारले महत्वपूर्ण पिल्लरको रुपमा लिएको उल्लेख गर्दै उनले भने–‘त्यसैले प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण कार्यलाई प्रदेश सरकारले बजेटमा समेटेको छ ।’ 
प्रदेशस्थित धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनका लागि प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको मुख्यमन्त्रीले जनाए । उनले खेलमार्फत आर्थिक विकास गर्न सकिन्छ भन्ने निक्र्योलका साथ प्रदेश सरकारले आगामी फागुनमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखेको जानकारी दिए । 
प्रदेशको कुना कन्दरामा रहेका प्रतिभालाई उजागर गर्नका लागि कानूनी, आर्थिक, नीतिगत रुपमा वातावरण निर्माण गर्नतर्फ प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । 
यसैगरी, प्रदेश सभाका सभामुख अर्जुनबहादुर शाहले हरेक निर्वाचन क्षेत्रमा खेलकुद मैदानको निर्माण गरेर खेलको विकास गर्न सकिने बताए । उनले प्रदेशको पहाडी जिल्लामा गर्मी याममा र तराईमा चिसो समयमा खेलकुदको आयोजना गरेर यो प्रदेशको सम्भावना उजागर गर्नुका साथै पर्यटन विकासमा टेवा पु¥याउन सकिने बताए । 
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले नागरिकलाई स्वस्थ रहनका लागि खेल अपरिहार्य रहेको औंल्याए ।