Close This

श्रीदेवी भन्छिन्–‘म्वाँर जीउ ज्यान टुँहार लाग हो’

बुधबार पौष २५, २०७५/ Wednesday 01-09-19
Paschim Today

धनगढी, २५ पुस । ‘चवन्नी मुश्की मारके रे’ बोलको थारु गीतमा स्वर र अभिनयमार्फत चर्चा बटुलेकी कलाकार श्रीदेवी थारुले ‘हुन्छ’ मात्रै भन्नेलाई आफ्नो बैस, जीउ, ज्यान सुम्पिने भएकी छिन् । तर, यसका लागि उनलाई चाहनेले एकचोटी ‘एस’ भने अवश्य भन्नु पर्नेछ । 
    आजमात्रै सीएस फिल्म्स् प्रालि धनगढीबाट सार्वजनिक भएको उनको ‘बैस क्याकर लाग हो’ बोलको नयाँ गीतमा उनले यस्तो प्रस्ताव राखेकी हुन । यद्यपी, वास्तविक जीवनसंग मेल नखाने उनको यो गीतमात्रै हो । कला क्षेत्रमा वामे सर्न थालेकी श्रीदेवीको आवाज र अभिनयसहितको उनको ‘बैस क्याकर लाग हो’ बोलको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
    लक्ष्मण चौधरीले सृजना गरेको शब्दमा लक्ष्मण र श्रीदेवीकै स्वर छ । चर्चित थारु मोडल विवश चौधरी र श्रीदेवीले अभिनय गरेका छन् । उनले म्युजिक भिडियोमा विवशलाई ‘एक चो हाँ किल्ह कैह देऊ, यी जीउ, ज्यान टुँहार लाग हो’ भनेकी हुन । मोडलद्वयसहित कोरसको दमदार प्रस्तुति रहेको छ । श्रीदेवीले भने अलिकति शास्त्रीय नृत्यसमेत देखाएकी छिन् । 
    सुधराम दहितले नृत्य निर्देशन गरेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन सतिश सिन्हाले गरेका थिए । दिपावलीको अवसरमा श्रीदेवी र अशोक चौधरीले ल्याएको ‘चवन्नी मुश्की मारके रे’ बोलको गीत र म्युजिक भिडियोले धेरैको मन जितेको थियो ।