Close This

रोटरी -यालीलाई मन्त्रीद्वारा स्वागत

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

धनगढी, २६ पुस । भारतको मुम्बईबाट आएको रोटरी ¥यालीलाई धनगढीमा भव्य स्वागत गरिएको छ । 
    सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले एक कार्यक्रमकाबीच ¥यालीलाई स्वागत गरिन् । पीजीडी रोटरियन सुवोध जोशीको नेतृत्वमा जनवरी ५ बाट ¥यालीको सुरुवात गरिएको थियो । ‘इन्ड पोलियो’ यात्रा नाम दिइएको उक्त ¥यालीमा २२ जना छन् । सात कार समावेश गरिएको छ । 
    उक्त ¥याली नेपालको बुटवल, पोखरा, काठमाण्डौं, धुलिखेल, हेटौडा, काकडभिट्टा, दार्जिलिङ्ग, भुटान प्रस्थान गर्ने रोटरी क्लब अफ धनगढीका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । ¥याली स्वागतमा रोटरी क्लब अफ धनगढीका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्ट, रोटरी क्लब अफ धनगढीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।