कराँते प्रशिक्षण कार्यक्रम सम्पन्न 

SITENAME

पश्चिम टुडे, धनगढी २६ पुष ।
धनगढी कराँते एकेडेमीद्वारा आयोजित ५ दिने विशेष कराँते प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । 
धनगढीको क्षेत्रीय रंगशालामा पुष २२ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रममा २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई अष्ट्रेलियाका सितोरियो कराँते प्रशिक्षक डन म्याकेले प्रशिक्षण दिएका दिए । 
धनगढी कराँते एकेडेमीका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर सिंह रहेका थिए । 
समापन कार्यक्रममा आयोजक संस्थाका तर्फबाट प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै प्रशिक्षक म्याकेलाई मायाको चिनो प्रदान गरिएको धनगढी कराँते एकेडेमीका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ललित खत्रीले बताए । कार्यक्रममा खेलकुद प्रशिक्षकहरुको समेत उपस्थित रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

पुलिसले उचाल्यो खप्तड गोल्डकप उपाधि

धनगढी, ६ माघ ।  नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको रुस्लान थ्रीस्टारलाई पराजित गरी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ

SITENAME

पुलिसले उचाल्यो खप्तड गोल्डकप उपाधि

धनगढी, ६ माघ ।  नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको रुस्लान थ्रीस्टारलाई पराजित गरी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ

SITENAME

खप्तड गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

धनगढी, ५ पुष ।  नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको रुस्लान थ्रीस्टारलाई पराजित गरी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ ।