Close This

गाउँसभामा विधेयकमाथि दफावार छलफल शुरु

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

धनगढी, २६ पुस । कैलालीस्थित कैलारी गाउँपालिकाको गाउँसभामा विधेयकमाथि दफावार छलफल शुरु भएको छ । 
    बिहीबार बसेको गाउँसभाको तेस्रो विधेयक अधिवेशनको दोस्रो बैठकबाट विधेयकमाथि दफावार छलफल थालिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकमा बिहीबार अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ माथि छलफल गरिएको छ । 
    उक्त विधेयकमाथि गाउँसभाका छ जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए । विष्णु चौधरी, प्रेम चौधरी, भागरथी चौधरी, कमल चौधरी, कैलाश चौधरी र गणेश चौधरीले विधेयकमाथि धारणा राखेका जनाइएको छ । 

 


    यसअघि भएको गाउँसभा बैठकमा विधेयक समितिका संयोजक राजेश सुनारले तीनवटा विधेयक दर्ता गराएका थिए । आगामी बैठक माघ ७ गते दिउँसो २ बजे बोलाइएको छ । उक्त बैठकमा बजार अनुगमन निर्देशिका विधेयक २०७५ र स्थानीय कृषि व्यवस्था प्रवद्र्धन विधेयक २०७५ मा दफावार छलफल हुने गाउँपालिकाका प्रवक्ता कमल चौधरीले जानकारी दिए । 
तीन वटै विधेयकमाथि दफावार छलफलपछि माघ ७ गतेभन्दा पछि हुने बैठकबाट सबै विधेयक पारित गरिने जनाइएको छ । छलफलमा सहभागी सदस्यहरुले जनसरोकारसंग जोडिएका विधेयकमा सहमति जनाउँदै चाँडै ऐनको रुपमा आउनु पर्ने जोड दिएको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए ।