Close This

वडा अध्यक्ष द्धारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण 

शुक्रबार पौष २७, २०७५/ Friday 01-11-19
Paschim Today

धनगढी, २७ पुष । 
कैलालीको गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष द्धारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण गरेका छन । चिसो मौसमलाई मध्यनजर गरी गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले २ सय ५० जना ज्येष्ठ नागरिकलाई चिसोबाट बच्नकोलाई न्यानो कपडा (बल्याङ्केट) वितरण गरेका हुन ।

उनले आफ्नो सेवा सुविधा वाफत नगरबाट पाएको रकम बराबरको २ सय ५० जनालाई न्यानो कपडा बितरण गरेको बताए ।

सबै नागरिकहरूले चिसोमा न्यानोसँग बस्न पाउन र ज्येष्ठ नागरिकको मनोबलमा सकारात्मक सोचको विकास र ज्येष्ठ नागरिकले पनि जनप्रतिनिधि भएको अनुभूति गर्न पाउन भन्ने उदेश्यले ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितिरण गरेको बताए ।

वडा अध्यक्ष भट्टले आफू सधैँ जनताको सेवामा लाग्ने र आउँदा दिनहरूमा पनि आफूलाई यहाँसम्म पुर्याउने जनताहरूको सेवा तथा सुविधाको लागी कसैसंग सम्झौता नगर्ने समेत प्रतिबद्धता गरे ।