Close This

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटोफिचर)

शनिबार पौष २८, २०७५/ Saturday 01-12-19
Paschim Today

धनगढी, २८ पुष ।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले विहान साढे ८ बजेबाट मतदान सुरु भएको छ भने साझ ४ बजेसम्म मतदान गर्न सकिने छ ।

मतदान सुरु भएपनि अहिले केही मतदाता मात्रै मतदान स्थल कैलाली उद्योग वाणिज्यस संघमा उपस्थित छन । निर्वाचनका लागि ४ मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन ।

जस अनुसार पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या १ देखि ६ सय ५४ र  ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ ।

त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ ।

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५० जनाको उम्मेद्वारी परेको छ ।

संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन ।

साढे १२ बजे सम्म एक तिहाई मत खसेको छ। २७ सय मतदाता रहेकोमा साढे १२ बजे सम्म ९ सय बढि मत खसेको छ।