बैतडीका शिक्षा प्रमुख अवस्थीद्धारा अपाङगता भएका बालिकालाई घरमै पढाउने व्यवस्था

शनिबार पौष २८, २०७५/ Saturday 01-12-19
Paschim Today

त्रिप्ति शाहि, बैतडि, २८ पुष ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौका पूर्णबहादुर बोहराका अपांगता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ । बोहराका २२ वर्षिय छोरी हिरा र १५ वर्षिय करिश्मालाई केहिदिन यताबाट घरमै शिक्षक राखेर पढाउने व्यवस्था मिलाईएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीको पहलमा उनीहरुलाई घरमै शिक्षक गयर पढाउने व्यवस्था मिलाईएको हो । हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएको वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

करीश्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ । करिब ३ साता अघि इकाइ प्रमुख अवस्थीले उनीहरुको घरमै पुगी शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । अवस्थीले आफुले गरेको कुरा पुरा गरी छोरीहरुको पढाईको लागी घरमै शिक्षक आउदा धेरै खुसी लागेको पूर्णबहादुरले बताए । घरमै शिक्षा पाउदा पढेर केहि गर्ने इच्छा आयको करीश्मा र हिराले बताईन ।

आफुले सोच्दै नसोचेको कुरा घरमै शिक्षा पाईरहेको उनीहरुको बताएका छन् । यसअघि पनि इकाइ प्रमुख अवस्थीले बिचमै पढाई छोडेका हिरा र करिश्मालाई विद्यालयमा भर्ना गर्दै उनीहरुकोको पढाई खर्ज भन्दै १० हजार आर्थीक सहयोग गर्नुभएको थियो । यो कार्यमा दशरथचन्द नगरपालिका वडा नं  २ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको पनि सहयोग रहेको छ ।

संविधानमै शिक्षाबाट कोही पनि वञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए । उनीहरुको शिक्षा र स्वास्थ्यको लागी आफुले सक्दो सहयोग गर्ने अवस्थीले भन्नुभयो । पूर्णबहादुरका ४ छोराछोरी मध्य ३ जना अपाङगता भएका छन् । जन्मदा केहि समस्या नभएपनी ठुलो हुदै जादा उनीहरु हिडडुल गर्न नसक्ने भएका पूर्णबहादुरले बताए ।