Close This

गायनमा राजु चौधरीको ‘कम ब्याक’

आइतबार पौष २९, २०७५/ Sunday 01-13-19
Paschim Today


धनगढी, २९ पुस । ‘लेहंगा फरियम देख्ठु टुहिन हाँ, दुरसे मुस्कैठो, टुँ सुन्दरी मोर जियरा लल्चैठो’ बोल गीतपछि कला क्षेत्रबाट ओझेलमा परेका थारु गायक राजु चौधरी ‘राज’ ‘खोलो खोलो मनके बाट, लगादेऊ दिलमे मनके छाप’ बोलको गीतसहित ‘कम ब्याक’ भएका छन् । 
    युवा पुस्तालाई लक्षित गरी सृजना गरिएको आधुनिक गीतका साथ उनी एक दशकपछि फेरी थारु गीत संगीततर्फ फर्केका हुन । उनको र बिनु लामिछाने मगरको स्वरमा रहेको खोलो खोलो मनके बात बोलको गीतमा बनेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । धनगढीको सीएस फिल्म्स् प्रालिले म्युजिक भिडियो सार्वजनिक गरेको हो । गीतमा शब्द÷संगीत नरेश जोगीको रहेको छ । एरेञ्ज विशाल निरौलाको रहेको छ । 
    दमदार यो गीतमा विवश चौधरी र मनिषा रावलले अभिनय गरेका छन् । निर्देशन चन्द्र चौधरी चाँदले गरेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन सतिश सिन्हाले गरेका थिए ।