Close This

उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्वाचित

सोमबार पौष ३०, २०७५/ Monday 01-14-19
Paschim Today

धनगढी, ३० पुष ।
    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन् । अध्यक्षमा विजयी कुँवरले १ हजार मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी रुपेश स्वाँरले ९ सय ३१ र अध्यक्षका अर्का प्रत्यासी डिल्लीराज अवस्थीले १ सय ७७ मत प्राप्त गरेका छन् । 
    कोषाध्यक्षबाहेक सबै पदाधिकारीमा कुँवर प्यानलकै उम्मेदवार विजयी भएका छन् । ७ जना पदाधिकारीमा ६ जना र कार्यसमितिका ११ जना सदस्यमा ७ जना कँुवर प्यानलबाटै विजयी भए । पदाधिकारीमा कोषाध्यक्ष र ४ जना सदस्य स्वाँर नेतृत्वको प्यानलबाट विजयी भएका छन् । 
आइतबार सम्पन्न मतपरिणाम अनुसार उपाध्यक्ष उद्योगतर्फ पुष्कर ओझा, वाणिज्यतर्फ गगन केसी र वस्तुगततर्फ शिवराज कुँवर विजयी भएका छन् । यस्तै महासचिवमा ओम बिष्ट, सचिवमा सिद्धराज पनेरु र कोषाध्यक्षमा भिमराज ओझा अव्बु विजयी भए । 
उपाध्यक्ष निर्वाचित ओझाले १०८०, केसीले ९६०, कुँवरले ९९२, बिष्टले १०८७, पनेरुले १०३६ र ओझाले ९६६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा निर्वाचित ओझाले स्वाँर प्यानलबाट उम्मेदवारी दिएका थिए ।
स्वाँर प्यानलबाट उपाध्यक्ष उद्योगतर्फ गजराज पाण्डेयले ७६७ मत, वाणिज्यतर्फ टेकबहादुर खड्काले ९०२ र बस्तुगततर्फ अनिलकुमार भुजानियाले ७३९ मत प्राप्त गरे । अवस्थी प्यानलबाट उपाध्यक्ष उद्योगतर्फ रामचन्द्र रानाथारुले १९२, वाणिज्यतर्फ इन्द्रबहादुर सेठीले १५८ र बस्तुगततर्फ बाशुदेव भट्टले ३२४ मत प्राप्त गरेका छन् ।
महासचिवमा स्वाँर प्यानलका सुरेश पाण्डेयले ७६८, अवस्थी प्यानलका नवराज रेग्मीले १६५, सचिवमा स्वाँर प्यानलका सुजितराज शर्माले ७५४ र अवस्थी प्यानलका जयराज न्यौपानेले २१० मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा कुँवर प्यानलका दिनेश लम्साल ३० मतले पराजित भए । उनले ९३६ मत प्राप्त गर्दा विजेता ओझाले ९६६ मत प्राप्त गरे । अवस्थी प्यानलका शैलेन्द्र श्रेष्ठले ११५ मत प्राप्त गरेका छन् ।
कुँवर प्यानलबाट सदस्यमा केशवराज जोशी (९३५), लक्ष्मणदत्त पन्त (९३१) राधिकाकुमारी चौधरी (८८९) मनोज अग्रवाल (८८३) तिलकचन्द्र खतिवडा (८४२), सुरेन्द्रकुमार बोहरा (८०८) तथा महेन्द्रकुमार सिंह (७९९) विजयी भए ।
यस्तै स्वाँर प्यानलबाट तिलकबहादुर बोहरा (९२१), रुपेश खड्का (८५०), श्यामराज जोशी (८६८) र रवि कुँवर (८८५) मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक यादव बहादुर भण्डारीले जानकारी दिए ।
  जना पदाधिकारी र ११ जना कार्य समिति सदस्यका लागि भएको निर्वाचनमा तीन वटा प्यानलका गरी ५० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । शनिवार भएको निर्वाचनमा २ हजार २ सय ६१ मत खसको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा विजयी कुँवर प्यानललाई नेकपा र स्वाँर प्यानललाई नेपाली काँग्रेस निकट व्यवसायीको समर्थन रहेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कुँवरले व्यवसायीको व्यवसायीक हकहितका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाए । संघलाई सबै व्यवसायीको साझा संस्थाको रुपमा अगाडि लैजाने उनले बताए ।
    व्यवसायीक हकहित, आर्थिक विकासलगायत निर्वाचनका बेला व्यवसायीहरुसँग गरेका प्रतिवद्धतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा प्रदेशको औद्योगिक विकासका लागि संघले संस्थागत पहल गर्ने उनले जनाए ।