Close This

भन्सार छलिको सामान बराम

शुक्रबार माघ ४, २०७५/ Friday 01-18-19
Paschim Today

धनगढी, ४ माघ । 
धनगढी उपमहानगरपालिका–२ मिलनचोक नाकाबाट शसस्त्र प्रहरीले १६ लाख ६५ हजार रुपैया मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।
शसस्त्र प्रहरी गुल्म धनगढीले भारतबाट ल्याइएको ६ मोटर र मोटर ढुवानीमा प्रयोग गरिएको गाडी बरामद गरेको हो । ढुवानीमा संलग्न सवारी साधनसहित २ जनालाई पक्राउ गरिएको शसस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर चन्दले जानकारी दिए । 
सामान ढुवानीमा संलग्न से १ च १७६० नम्बरको गाडी, उक्त गाडीका चालक अर्जुन राना र अनिल शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको व्यक्ति र सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।