Close This

नेपाली कांग्रेस कैलालीले बृहत प्रशिक्षण गर्दै 

शुक्रबार माघ ४, २०७५/ Friday 01-18-19
Paschim Today


धनगढी,४ माघ
नेपाली कांग्रेस कैलालीले बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कैलाली कांग्रेसले यसलाई जिल्लाको ईतिहासमै सबैभन्दा बृहत प्रशिक्षण भएको बताएको छ  । शनिबार देखि सुरु हुने तालिम दुई दिन सम्म चल्ने नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले बताएका छन् । सभापती शाहले प्रशिक्षण कार्यक्रमको सबै तयारी पुरा भएको बताए ।
तालिममा नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित र पराजित प्रमुख देखि सदस्य सम्म, प्रदेश र प्रतिनिधी सभामा बिजयी तथा पराजय भएका उम्मेदबारहरु , साविकका गाउँ, नगर, वडा सभापती, पदाधीकारीहरु, जिल्ला कार्य समिति, महाधिवेशन, महासमितिका प्रतिनिधी, पार्टीका बर्तमान र पूर्व केन्द्रीय सदस्य, भातृ संगठनका केन्द्र तथा जिल्लाका पदाधीकारीहरु सहभागि हुने प्रशिक्षण समन्वय समितिका संयोजक नृप सुनारले बताए ।
तालिमको पहिलो दिन स्थानीयतह, प्रदेश र संघिय संसदमा महिला सहभागिता र सुशासन  सम्वन्धी प्रशिक्षण नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले गर्ने छिन् । त्यसैगरी सोही दिन स्थानीयतह योजना निर्माण, बजेट संचालन र सचेतना सम्वन्धी प्रशिक्षण राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य डा.प्रभु बुढाथोकीले गर्ने छन् । 
दोश्रो दिन नेपाली कांग्रेसका प्रवत्ता बिश्व प्रकाश शर्माले समसामयीक राजनिति, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भूमिकाका बारेमा प्रशिक्षण दिने छन् । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले प्रदेश र स्थानीयतहको ऐन, कानुन, पार्टी विधान, जनप्रतिनिधी तथा संगठन बिचको अन्तर सम्वन्धका बारेमा प्रशिक्षण दिने नेपाली कांग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवाले बताए ।
प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेसकी नेतृ देउवा र राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य बुढाथोकी शुक्रवार नै धनगढी पुगेका छन् । नेपाली कांग्रेसकी नेतृ देउवाले अहिलेको अबस्थामा संविधानको कार्यान्वयन महत्वपूर्ण भएकाले प्रशिक्षण आवश्यक भएको बताईन । उनले भनिन्, यो नेपाली कांग्रेसका लागि निकै महत्वपूर्ण प्रशिक्षण हो ।