Close This

नेपाली कांग्रेस कैलालीको बृहत प्रशिक्षण सुरु

शनिबार माघ ५, २०७५/ Saturday 01-19-19
Paschim Today


धनगढी,५ माघ
नेपाली कांग्रेस कैलालीले बृहत प्रशिक्षण कार्यक्रम शनिवार देखि धनगढीको ओम प्यालेसमा सुरु भएको छ ।
प्रक्षिक्षण कार्यक्रममा झण्डै ५ सय नेता कार्यकर्ताहरुको उपस्थीति रहेको छ । कैलाली कांग्रेसले यसलाई जिल्लाको ईतिहासमै सबैभन्दा बृहत प्रशिक्षण भएको बताएको छ  । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने बताएका छन्  । सभापती शाहले प्रशिक्षण कार्यक्रमको पानसमा दिप बालेर उद्घाटन गरेका थिए ।
तालिममा नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित र पराजित प्रमुख देखि सदस्य सम्म, प्रदेश र प्रतिनिधी सभामा बिजयी तथा पराजय भएका उम्मेदबारहरु , साविकका गाउँ, नगर, वडा सभापती, पदाधीकारीहरु, जिल्ला कार्य समिति, महाधिवेशन, महासमितिका प्रतिनिधी, पार्टीका बर्तमान र पूर्व केन्द्रीय सदस्य, भातृ संगठनका केन्द्र तथा जिल्लाका पदाधीकारीहरु सहभागि रहेको प्रशिक्षण समन्वय समितिका संयोजक नृप सुनारले बताए ।
पहिलो दिनको पहिलो सत्रका स्थानीयतह, प्रदेश र संघिय संसदमा महिला सहभागिता र सुशासन  सम्वन्धी प्रशिक्षण नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले गरिरहेकी   छन् ।  त्यसैगरी शनिवारको दोश्रो सत्रमा स्थानीयतह योजना निर्माण, बजेट संचालन र सचेतना सम्वन्धी प्रशिक्षण राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य डा.प्रभु बुढाथोकीले गर्ने छन् । 
दोश्रो दिन नेपाली कांग्रेसका प्रवत्ता बिश्व प्रकाश शर्माले समसामयीक राजनिति, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भूमिकाका बारेमा प्रशिक्षण दिने छन् । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले प्रदेश र स्थानीयतहको ऐन, कानुन, पार्टी विधान, जनप्रतिनिधी तथा संगठन बिचको अन्तर सम्वन्धका बारेमा प्रशिक्षण दिने नेपाली कांग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवाले बताए ।
प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेसकी नेतृ देउवा र राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य बुढाथोकी शुक्रवार नै धनगढी पुगेका थिए ।