Close This

भ्रष्टाचार, अहिलेको अवस्था र नियन्त्रणमा हामी सवैको दायित्व

भ्रष्टाचारको अर्थ भ्रष्ट(गलत) आचार भन्ने हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य  जुनसुकै पनि काममा  ऐन नियम  विपरित चल्नुलाई भ्रष्टाचार भनिन्छ । नेपालमा भ्रष्टाचारको शुरुवात कहिले र कसको पालामा शुरुवात भयो भनेर आधिकारिक तथ्यहरु फेला पार्न नसकिए पनि स्व. प

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today
महेश दत्त भट्ट  (लेखक नेपाल तरुणदलका जिल्ला उपाध्यक्ष हुन ।)

भ्रष्टाचारको अर्थ भ्रष्ट(गलत) आचार भन्ने हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य  जुनसुकै पनि काममा  ऐन नियम  विपरित चल्नुलाई भ्रष्टाचार भनिन्छ । नेपालमा भ्रष्टाचारको शुरुवात कहिले र कसको पालामा शुरुवात भयो भनेर आधिकारिक तथ्यहरु फेला पार्न नसकिए पनि स्व. पृथ्वीनारायण शाहको शासनमा पनि भएको हो भन्ने कुरा शाहले भनेका थिए – “न्याय निशाफ विर्गाने भनेका घुस लिन्या र घुस दिन्या हुन यिनी दुईको धनजीव गरिलियाको पनि पाप छैन, यी राजाका महासत्रु हुन” । आधिकारिक रुपमा तथ्य फेला पार्न नसकिए पनि उहाँको यो पंतिबाट प्रष्ट हुन्छ भ्रष्टाचार पहिले देखि नै मौलाएको थियो । आजका दिन सम्म पनि भ्रष्टाचार जिवित छ । भ्रष्टाचार बरफको बल जस्तै हो, यो एकचोटी सेट भयो भने यो झनझन बढ्दै जान्छ । त्यस उसले नियन्त्रण हुनुको सट्टा झनझन बढ्दो क्रममा  छ । नैतिकतामा आएको ह्रास, व्यक्तिबादी स्वार्थ, उपभोगबादी चिन्तन, सदाचारको अभाव र प्रभावकारी प्रशासन व्यवस्था लाई लत्याएर सार्वजनिक पदको दुरुपयोग हुनाले भ्रष्टाचार मौलाएको विद्धानहरुको विश्लेषण छ । 
नेपालको राजनीतिमा भ्रष्टाचारको अनौठो परिभाषा छ । त्यसैले भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुने काम विगतदेखि हुँदै आएको छ ।  विकास निर्माणका योजना देखि लिएर सरकारी कार्यालयहरुसम्म र समान्य बजार देखि ठुलठूला ब्यापारिक सञ्जालसम्म भ्रष्टाचारले दुर्गन्धीत बनाएको छ । नेपालको आर्थिक टाँट पल्टीरहँदा स्वीस बैंकमा अवैध धन थुपारिए राखिएका प्रमाणहरु बाहिर आँउदैछन् ।  यसले देशको इज्जत माथि नै धक्का लागेका छ । अरु दाताहरुलाई हात फैलाउने नेपालीहरुको भ्रष्टाचार गरी कमाएका अकुत सम्पति स्वीस बैंक भरिनुले कर प्रणाली र सम्पत्ति शुद्धिकरण लगायत अख्तीयार अनुसन्धान पनि फितलो भएको कुरा प्रमाणित भएको छ । जुन देशमा न्यायालय भ्रष्टको अखडा बनेको छ, त्यो देशको गति के होला यसैबाट पुष्टि हुन्छ ।
भ्रष्टाचार एकप्रकारको सरुवा रोगझै घातक रोग हो । यो रोग यसरी नै एक पुस्ताबाट अर्को पुस्तामा सरेर जान्छ । देश हाक्ने मन्त्री देखि तल्लो स्तरका व्यक्तिहरुले भ्रष्टाचारको खेती गर्नमा तल्लीन रहन्छन् । जो न्यायको आसनमा छ उही अन्यायी बन्छ, जो शासनको सर्वोच्च पदमा छ उही भ्रष्ट बन्छ भने  कसरी भ्रष्टाचारमुक्त समाज र सुशासनको विकास हुन सक्छ ? 
हाम्रो देशमा भ्रष्टाचारको भयावह श्रृंखला बढिरहेका छन भने सुशासनको स्तर खस्कदो अवस्था तिर गइरहेको छ । धनलोभ भएकै कारण पछिल्लो समयमा पनि भ्रष्टाचार ज्यादा मौलाएको  छ । भ्रष्टाचार मुक्त समाजको लागि सार्वजनिक, सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक आदि क्षेत्रपनि स्वस्थ  र प्रभावकारी हुन जरुरी छ । भ्रष्टाचार नियन्त्रणका लागि कुनै  एउटा क्षेत्र वा निकायबाट सम्भब छैन । यसका लागि सवै सवै क्षेत्रबाट सघाउनुपर्दछ । यस काममा नागरिकहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । तर, मुख्य दायित्व भने राज्यको हो । पछिल्लो समय राजनैतिक व्यवस्था परिवर्तन संगै सिंहदरबारको अधिकारहरु ः योजना छनोट, बजेट विनियोजन, योजना निर्माण र अनुगमन जस्ता महत्वपूर्ण अधिकारहरु दिइसकेपश्चात पालिकामा हुने कार्यक्रमहरुमा पनि भ्रष्टाचारको उच्चता बढ्न सक्छ । भ्रष्टाचार विकासको महानु शत्रु हो, भ्रष्टाचार न्युनिकरण विना विकास सम्भव छैन । हामी लोकतन्त्रको जगमा उभिएका छौं तर देशमा भ्रष्टाचार भइरहयो भयो यो भन्दा ठूलो निरङ्कुश केही पनि हुन सक्तैन । विश्वमा कुनै पनि देशसंग यसको न्युनिकरण गर्न वा युद्ध गर्न पितलको गोली बनेको छैन ।  धैरे जसो मुलुकहरुले यसको रोकथामका लागि महत्वपूर्ण प्रक्रिया अपनाएको छ त्यस अन्र्तगत यसको रोकथामका लागि अन्य केही विषयबस्तु तर्फ  नीतिगत रुपमा अगाडि बड्नु आवश्यक देखिन्छ । जस्तै ः दण्डहीनताको अन्त्य, बृत्तिय व्यवस्थापन र प्रशासकीय सुधार, नागरिकलाई ससत्त    m बनाउनु, पारदर्शीतालाई बढाव संगै सुचनामा पहुँच तथा अन्तरराष्ट्रिय संरक्षण गर्ने दवावमूलक बाटाहरु बन्द भयो भने यसको न्युनकिरण गर्न सजिलो हुन्छ । तर, हाम्रो देश नेपालको सरकार अनियन्त्रित छ । यसको दागले हालको सरकारलाई पनि बांकि राखेको छैन । वाइडबडी प्रकरण, महङ्गा गाडीहरु र गैर जिम्मेवारी अभिब्यक्तिबाट मुहान माथि शंका लागिरहेको छ । मुहान नै साङलो भइसकेको छ ।  दुईतिहाइ भन्दा बढी बहुमतको संसदीय  इतिहासकै सर्वाधिक शक्तिशालि प्रधानमन्त्री ओली ब्याकुल बनेका छन् । प्रधानमन्त्रीका कार्वनकपीमा रहेका पर्यटनमन्त्री अधिकारी  मुछिएको वाइडबडी प्रकरणले सरकारको नियतमाथि खोट लागेको प्रमाणित हुँदैछ र यीनका गतिविधिले भ्रष्टाचारलाई बढावा दिदैं समृद्धिको यात्रामा पूर्ण विराम लागेको छ ।  यसका लागि नागरिकहरुको प्रमुख दायित्व यसको रेखदेख गर्ने हो र संगठित भई संस्थागत रुपमा भइरहेको भ्रष्टाचारको सामाजिक बहिष्कारका माध्यमबाट सचेत नागरिकको हैसियतले पहल उठाउनु जरुरी देखिन्छ । 
किन भ्रष्टाचार मौलाएको छ, यसका मुलभूत  कारणहरु के के हुन ः 
१)  मानिसको धनप्रतिको मोह,
२) सरकारी काम कारवाही पारदर्शी नहुनु
३) कमजोर अनुगमन र मुल्यांकन पद्धती
४) भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिनु
५) सामाजिक रीतिरीवाज बढि तडकभडक हुनु
६) उच्चतम प्रविधिको प्रयोगको अभाव
७) जनचेतनाको अभाव 

भ्रष्टाचार नियन्त्रणमा हामी नागरिकको दायित्व ः 
नागरिक हितका खातिर समाजको आवस्यकता र सेवाग्राही क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण गर्न उपयुक्त नीति निर्माण र कार्यान्वयनमा जोड दिनै पर्दछ । भ्रष्टाचार नियन्त्रणमा सुधार गर्नका लागि दवाव समूहहरुले सिर्जनात्मक वातावरण तयार गर्दै  नागरिक स्तरमा जनचेतना फैलाउदै सेवाक्षेत्रमा हुने भ्रष्टाचारलाई न्युनिकरण गर्न आशकित व्यक्ति उपर सामाजिक बहिस्कारको नीति थालनी गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणका निमित्त अधिकार प्राप्त संस्थाहरुलाई सो सम्बन्धमा सूचना सम्प्रेषण र दवाव दिई भ्रष्टाचार मुक्त समाज निर्माण गर्नू प्रत्येक आम नागरिकको दात्वि हुन आउछ । मैले मात्र गरेर के हुन्छ भन्ने भावनाबाट एक कदम माथि उठेर अरुले गर्लान नगर्लान आफुले नागरिकको हैसियतले यो कार्यमा अगाडि बढ्नु पर्छ । 
विधिको शासन, सदाचार पद्धतीको विकास, प्रशासनिक निर्णय तथा कार्यान्वयनमा सुधार, कामकारवाहीमा पारदर्शिता र जवाफदेहिता शुसानका  न्युनतम आधार हुन । यस सम्बन्धमा नागरिहरु शसक्त भयो, दवाव समूह गठन गरेर सामाजिक बहिस्कार नीति अवलम्बन गर्न सक्यो र तल्लो स्तरको नागरिक सम्म चेतना भयो भने तवमात्र अपराधीले दण्ड पाउछ र भ्रष्टाचारको समुल नष्ट हुन्छ । सुुशासन, गरीवी घटाउ र भ्रष्टाचार नियन्त्रण एकसाथ लैजानु हामी नागरिकको दायित्व हो । भ्रष्टाचार नै देश विकासको प्रमुख शत्रु हो । भ्रष्टाचार न्युनिकरण भयो भने मात्र देशको विकास हुन्छ र सवै जनताले समान किसिमको सेवा र अवसर पाउँछ तव मात्र लोकतन्त्रको अनुभुति हुन्छ  । 

महेश दत्त भट्ट 
लेखक नेपाल तरुणदलका जिल्ला उपाध्यक्ष हुन ।