Close This

सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न 

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

धनगढी, ८ माघ ।
अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । पुष २७ गतेबाट शुरु भएको महोत्सब सोमबार सम्पन्न भएको हो ।  
महोत्सव औपचारिक रुपमा समापन गर्ने कार्यक्रम रहेपनि महोत्सवमै कार्यरत गोदावरी नगरपालिका वडा नम्बर १ का अरुण भट्टको शनिवबार धारिलो हतियार प्रहारी गरी हत्या गरिएपछि  शोकमा महोत्सवका बाँकी सबै कार्यक्रम स्थगन गरिएको छ । महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पीडित पक्ष र स्थानीय नागरिक अगुवाहरुको आग्रहलाई मध्यनजर गर्दै सम्पूर्ण कार्यक्रम रोकेको जनाएको छ । 
संघका अध्यक्ष अशोकराज देवकोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घटनाले दुखित बनाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।